आपराधिक घटनामा संलग्न ७ जना पक्राउ

आपराधिक घटनामा संलग्न ७ जना पक्राउ
सुन्नुहोस्

महोत्तरी : विभिन्न समयमा आपराधिक घटनामा संलग्न ७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।

पक्राउ पर्नेमा महोत्तरी औरहि नगरपालिका-२ को चेपक्टका २२ वर्षीय राजाबाबु भन्ने राजा राम यादव, महोत्तरी औरही नगरपालिका-१ का सुनिल कुमार यादव, महोत्तरी भंगाहा नगरपालिका-२ बखरी टोलका ३० वर्षीय आशिष कुमार कंठ, महोत्तरी सोनमा गाउँपालिका-२  तरहारी  घर भई धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका-७ जिरोमाइलमा डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा र आशिष कुमार कंठ, महोत्तरी औरही नगरपालिका-१ का वर्ष ४० को श्रवन कुमार कापर, जिल्ला धनुषा सवैला नगरपालिका -९ भटिहन  का ४७ वर्षीय शशी शंकर कापर रहेका छन्।  


जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारका अनुसार प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल थान–१ थान, लाइभ राउण्ड बुलेट ४ थान, ज ८ प २६२१ र ज ३ प ५०२३ नम्बरको मोटरसाईकल, सिमकार्ड १ थान, विभिन्न दरका १ लाख ७३ हजार ३ सय २० रुपैयाँ नगद, एक थान नागरिकताको प्रतिलिपि १ थान, शिक्षक परिचयपत्र १ थान, १ थान ल्यापटप बरामद गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.