बेवारिसे अवस्थामा १ सय ६९ किलो गाँजा बरामद

बेवारिसे अवस्थामा १ सय ६९ किलो गाँजा बरामद
बेवारिसे अवस्थामा बरामद भएको गाँजा। तस्बिर : अन्नपूर्ण

विराटनगर : विराटनगरमा बेवारिसे अवस्थामा १ सय ६९ किलो गाँजा बरामद भएको छ । प्रहरीले बिहीबार राति ठूलो परिमाणमा गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१७ गुजार टोलबाट गाँजा बरामद गरिएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानीको संयुक्त टोलीले राति ११ बजेतिर गाँजा फेला पारेको थियो । खाली जमिनमा त्यत्तिकै छाडिएको अवस्थामा ६ पोका गाँजा फेला परेको बस्नेतले बताए । 

उनका अनुसार बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । गाँजा कसले ल्याएर खाली जग्गामा फालेको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, यसको ओसारपसार एवं कारोबारमा संलग्नको खोजी भइरहेको जानकारी बस्नेतले दिए । 

उनका अनुसार प्रहरी आएको थाहा पाएका कारण ओसारपसारमा संलग्नहरू नै गाँजा फालेर भागेको हुनसक्ने अनुमान छ । गाँजा नेपालबाट भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रहरीको अनुमान छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.