बागमती सरकारबाट एमाले बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा बुझाउने

बागमती सरकारबाट एमाले बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा बुझाउने
फाइल तस्बिर।
सुन्नुहोस्

हेटौंडा : केन्द्रमा सत्ता समीकरण फेरबदल भएसँगै बागमती प्रदेश सरकार पनि संकटमा परेको छ। नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण बनेपछि नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको बागमती सरकार संकटमा परेको हो। 

नेकपा एमालेले आजै बागमती सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिए। 

उनले आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा समर्थन फिर्तासहित मन्त्रीहरुको सामूहिक राजीनामा बुझाउने बताए। 

मुख्यमन्त्री जम्कट्टेल संघीय राजधानी काठमाडौंमा भएकाले केही ढिला भएतापनि आजै मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउने तयारी गरेका छन्। 

बागमती सरकारमा एमालेबाट ५ जना मन्त्री छन्। नेता थपलियासँगै रामेश्वर श्रेष्ठ, केशव पोख्रेल, एकालाल श्रेष्ठ र प्रकाश श्रेष्ठ मन्त्री छन्।

२०७९ पुसमा एमाले, राप्रपा, माओवादी केन्द्र र एकीकृत समाजवादीको सत्ता समीकरणबाट सरकार गठन भएको थियो। उक्त सरकार साढे २ महिना मात्रै टिक्यो र एमाले सरकारबाट बाहिरियो।

त्यसपछि २०७९ चैत १० मा मुख्यमन्त्री जम्कट्टेलले कांग्रेस र एकीकृत समाजवादीसँगको गठबन्धन सरकारका लागि विश्वासको मत लिएका थिए।

२०८० फागुन  २० मा फेरि एमालेसँग माओवादीको केन्द्रीय सत्ता समीकरण बनेसँगै बागमतीमा एमाले चैत पहिलो साता सरकारमा सहभागी भएको हो। एमाले, माओवादी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सरकार बन्यो। 

सत्ता समीकरणमा केन्द्रमा कुनै परिवर्तन नभए बागमतीमा पनि वर्तमान सरकार लामो समय नटिक्ने निश्चित देखिएको छ। बागमतीमा अब एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.