'अलबिदा' लेखेर बेपत्ता भए महेन्द्र क्याम्पसका उपप्राध्यापक डा. तिम्सिना

'अलबिदा' लेखेर बेपत्ता भए महेन्द्र क्याम्पसका उपप्राध्यापक डा. तिम्सिना

धरान  : महेन्द्र क्याम्पस धरानका उपप्रध्यापक डा. रामजी तिम्सिना बेपत्ता भएका छन् । उनी बुधबार बिहानदेखि बेपत्ता भएका हुन् । उनको खोजि भइरहेको सुनसरीका प्रहरी प्रमुख एसपी बीपीन रेग्मीले बताए । डा. तिम्सिनाले ‘म बराहक्षेत्रमा जलसमाधि लिँदैछु । अलबिदा ' लेखेको नोट फेला परेपछि सप्तकोसी आसपासको क्षेत्रमा प्रहरी परिचालन गरिएको एसपी रेग्मीले बताए 

उक्त नोटमा मिति २०८१।०३।१९ बुधबार बिहान ४:१८ बजे उल्लेख गरेको छ।  उनी बिहान ४ बजेर १८ मिनेटमा नोट लेखेर बेपत्ता भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

तिम्सिनाकी श्रीमती कान्छी छोरी लिएर अलग्गै बस्न थालेपछि उनी आपगाछीको आफ्नो घरमा आमासँगै बस्दै आएका थिए । श्रीमती अलग बस्न थालेपछि तिम्सिना मानसिकरुपमा विक्षिप्त बनेको स्थानीय बासिन्दाको भनाइ छ।

तिम्सिना धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस र इटहरीको कोसी कलेजमा प्राध्यापकको रुपमा कार्यरत थिए ।  समालोचनामा रूची राख्नने उनी  पूर्वमा भएका विभिन्न साहित्यिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी जनाउँदै आएका थिए ।

तिम्सिना बेपत्ता भएपछि सिङ्गो क्याम्पस परिवार चिन्तित बनेको महेन्द्र क्याम्पसका क्याम्पस प्रमुख चन्द्र राईले बताए। तिम्सिनाका शुभचिन्तकहरू चिन्ता प्रकट गर्दै  खोजिका लागि प्रहरीसमक्ष अनुरोध गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.