रोल्वालिङ खोलामा आएको बाढीले ३ घरसहित होटल बगायो, एकजना बेपत्ता
दोलखा : अविरल वर्षापछि आएको बाढीमा परेर गौरीशंकर –९ डोगाङमा एक जना बेपत्ता भएका छन्। बाढीले ३ वटा घरसहित होटल बगाएको छ।
शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्ग डोगाङमा होटल सञ्चालन गरिरहेकी ६४ वर्षिय जाङ्मु शेर्पा सम्पर्कविहीन भएको गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले बताए।
छ्योतछ्योत सिमिगाँउका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर –९ डोगाङमा होटल व्यवसाय गर्दै आएकी थिइन्।