माथिल्लो तामाकोशीको विद्युत बन्द

माथिल्लो तामाकोशीको विद्युत बन्द
सुन्नुहोस्

दोलखा : ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको उत्पादन बन्द भएको छ।

शुक्रबार बेलुकादेखिको अविरल वर्षाको कारण बाढी आएपछि आयोजनाको उत्पादन बन्द भएको हो। पानीको जलसतह २५० घनमिटरभन्दा माथि पुगेपछि उत्पादन बन्द गरिएको  माथिल्लो तामाकोशी आयोजनाका प्लान्ट मेनेजर पूर्ण गोपाल रञ्जितले बताए। 

गएराति आयोजनाको जलसतह २८५ घनमिटरसम्म पुगेकाले राति साढे १ बजेबाट नै आयोजनाको विद्युत उत्पादन बन्द गरिएको हो। बाढीका कारण जलसतह बढेपछि माथिल्लो तामाकोशीका सबै ढोकाहरू खोलिएका छन्।

माथिल्लो तामाकोशीले हिजोसम्म ६ वटै युनिटबाट पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको थियो। पानीको बहाव बढेपछि बन्द गरिएको हो। जलसतह घटेर सामान्य अवस्थामा आएपछि मात्रै पुनः विद्युत उत्पादन सुरु गरिने छ। 

अहिले लामाबगरमा पानीको बहाव अलि कम भएको छ। बेलुका २८५ घनमिटरसम्म पानीको बहाव पुगेको थियो। अहिले करिब २०० घनमिटरमा आएको अनुमान गरिएको छ। बेलुका ५/६ बजेबाट प्लान्ट सुचारु गर्ने आयोजनाका मेनेजरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.