वर्षाका कारण पाल्पाका अधिकांश सडकहरू अवरुद्ध

वर्षाका कारण पाल्पाका अधिकांश सडकहरू अवरुद्ध
सुन्नुहोस्

तानसेन : तीन दिनदेखि परेको अविरल वर्षासँगै विभिन्न स्थानमा खसेको पहिरोबाट पाल्पाका राजमार्गदेखि ग्रामीण सडकहरू अवरुद्ध भएका छन्। वर्षातको कारण मानवीय क्षति नभए पनि विभिन्न स्थानमा घर घोट पहिरोले पुरी पशु चौपायाहरूको मृत्यु भएको छ। 

पहिरोसहित खसेको ढुंगाले घर पुरिदा रिब्दीकोट गाउँपालिका-३ माल्मुमकी मिना विकको जस्ताले छाएको एक तले कच्ची घर पूर्ण रुपमा क्षति भएको छ। रामपुर नगरपालिका–९ मधुकोटका कमल बहादुर साठीघरको पहिरोले गोठ पुरिँदा पशुचौपाया मरेका छन्। 

गोठ पुरिदा भैंसीको पाडी, २ वटा बाख्राका पाठी र एक वटा खसी पुरिएर १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। 

लगातारको तिन दिने वर्षाको कारण सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको चर्चरे कालीमाटी, हिउँदे खोलामा लेदो र पहिरोको कारण बन्द हुने खुल्ने भइरहेको छ। कालीमाटी क्षेत्रमा सडकमा लेदो झरेको कारण छिनछिनमा सडक बन्द हुने र डिभिजन सडक कार्यालयको डोजरले माटो पन्छाउदै सडक खुल्ने गरेको छ। 

कालीगण्डकी कोरिडोरअन्तर्गत रामपुर–पीपलडाँडा सडक अवरुद्ध भएको छ। रम्भा गाउँपालिका-१ हुँगीस्थित सडकमा माथिबाट सालका रुखसहित खसेको पहिरोले सडक अवरुद्ध भएका प्रनाउ श्रेष्ठले बताए। 

हार्थोक–छहरा–अर्घाखाँची सडकखण्ड पनि अवरुद्ध छ। रैनादेवी छहरा गाउँपालिका ५ धूवाँपानीस्थित सडकमा पहिरो खसेको छ। पहिरोको कारण सडक बन्द रहेको छ। तानसेन–हार्थोक–अर्गली– रिडी सडकखण्ड पनि पूर्ण रुपमा अवरुद्ध छ। रिब्दीकोट गाउँपालिका–३ मालमुलस्थित सडकमा माथिबाट ढुंगासहितको पहिरो खसेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 

आर्यभन्ज्याङ–रामपुर पक्की सडक खण्डमा रम्भा गाउँपालिका-५ काउलेपानी माथिबाट पहिरो झरी बाटो सडक अवरुद्ध भएको छ। रिब्दिकोट गाउँपालिका-४ हटिया स्थित हटिया–भारकोट भित्र कच्चि सडक खण्डमा अविरल वर्षाको कारण माथिबाट पहिरो झरी पवन विकको घर नजिकै पार्किङ गरी राखेको ना ६१ प ८५८४ र लु २१ प ५६३२ नम्बरको मोटरसाइकल पुरिएको छ। उक्त मोटरसाइकल निकाल्ने प्रयास भइरहेको हार्थोक प्रहरीले जनाएको छ।

पाल्पाको माडी फाँट डुबानमा     

पाल्पाको अन्नभण्डारको रुपमा रहेको माडी फाँट डुबान भएर जलमग्न भएको छ। तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका र माथागढी गाउँपालिकाको अधिकांश भूभागको पानी माडी फाँट भएर बग्ने गरेको भए पनि निकास तिनाउँ खोलामा रहेकोमा सिँगो माडी फाँट नै डुबानमा परेको हो। तानसेनको प्रभास र बासटारी फाँटमा अविरल वर्षाको कारण डुबानमा परेको छ। 

पाल्पामा पर्यो सबैभन्दा बढी ३६५.६ मिलिमिटर पानी 

बाढी पुर्वानुमान महाशाखाले प्रकाशित गरेको २४ घण्टे प्रतिवेदन अनुसार २ बजेर ३६ मिनेटसम्म सबैभन्दा बढी पाल्पामा वर्षा भएको छ। महाशाखाले प्रकाशित गरेको सूचना अनुसार पाल्पाको कुमाल गाउँमा देशभरीमा सबैभन्दा बढी ४०६ मिलिमिटर पानी परेको जनाएको छ। पाल्पाकै गाडाकोट ३०७ मिलिटिर, जल्पामा ३०४.६ मिलिमिटर, पाल्पाकै अर्चले २८०. ४मिलिमिटर, बल्ढेङगढीमा २०७ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। 

पाल्पाका ठुला नदी कालीगण्डकी, तिनाउ नदी सँगै गाउँघरका स साना खोलादेखि खहरे खोलाहरूमा बाढीको उच्च जोखिम भएको छ। मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई हल्का वर्षा, ५० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई मध्यम वर्षा, १०० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

२०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षा हुनुलाई अति भारी वर्षा भनिने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.