बबई नदी चेतावनी तहमा, सर्तक रहन प्रशासनको अनुरोध

बबई नदी चेतावनी तहमा, सर्तक रहन प्रशासनको अनुरोध
बर्दियाको गुलरियास्थित बबईको भादा नदीमा पानीको सतह। तस्बिर : यादव आचार्य
सुन्नुहोस्

गुलरिया : बबई नदी चेतावनी तहमा पुगेको छ। दुई दिनदेखि लुम्बिनीका पहाडी जिल्लामा आएको अविरल वर्षाका कारण नदीको सतह बढेको छ।

चेपाङमा ५.५० मीटर चेतावनी तह र ६.८० मिटर खतराको तह मानिन्छ। बबई नदीको सतह चेपाङमा ५.५१ मिटर पुगेको जल तथा मौसम विज्ञान विभागको वेभसाईट हाइड्रोलोजीमा उल्लेख छ। यो सतह अझै बढ्ने आँकलन गरिएको छ। 

केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण बर्दियाका बबई, कर्णालीलगायत सहायक नदीमा जोखिम रहेकाले तटीय क्षेत्रमा बस्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अनुरोध गरिन्।

बबई नदी चेतावनी तह पुग्नु अगावै जिल्ला विपद् व्यवस्थापन समितिले बेलुकी एक सूचना प्रवाह गर्दै नदीको सतह घटबढ भइरहेकोले नदी, खोला किनारमा नजान अनुरोध गरेको थियो। प्रजिअ शर्माले नदीहरू बढेकाले बाढीको समयमा नदी किनारमा नजान अनुरोध गर्दै डुबान क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाई सुरक्षित रहन सजग पारिएको बताइन्।

बाढीका बेला नदीमा काठ दाउरा छोप्ने, माछा मार्नेजस्ता कार्य नगरी घरमा भएका महत्वपूर्ण बस्तु, नगद, गरगहना, जिन्सी सामाग्रीहरू सुरक्षित ठाउँमा राख्न उनको आग्रह छ। बाढीको समयमा अत्यावश्यक खाद्यान्न सुरक्षित ठाउँमा राख्दै जेष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई ध्यान दिन अनुरोध गर्दै उनले कुनै पनि समयमा समस्या आइपरे जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र तथा टोल फ्री नम्बरमा तत्काल समम्पर्क गर्न उनुरोध गरिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.