लगातारको वर्षाका कारण तौलिहवा बजार डुबानमा

लगातारको वर्षाका कारण तौलिहवा बजार डुबानमा
सुन्नुहोस्

कपिलवस्तु : शुक्रबार रातीबाट परेको अविरल वर्षाका कारण कपिलवस्तुको सदरमुकाम तौलिहवा बजार क्षेत्रका घरहरू डुबानमा परेका छन्। 

बजार क्षेत्र भित्रका पोखरीहरू जलमग्न हुँदा पोखरीबाट निस्कने पानीको व्यवस्थापन हुन नसक्दा बजार क्षेत्रका घरहरू डुबानमा परेका हुन्। बजार क्षेत्रबाट पानी निकासका लागि व्यवस्थित ढल निकासको प्रबन्ध नुहुँदा समेत यो समस्या देखिएको हो। 

तौलिहवा बजार क्षेत्रको गौढी चौक, चौक बजार, नयाँ टोल, जमुवार टोल र आसपासका टोल बस्तीका घरभित्र पानी पसेको छ। बजार क्षेत्र र हुलाकी सडक समेत जलमग्न बनेको छ। बजारभित्र केही घरमा पानी पसेको अवस्था आफूले पनि देखेको र यसका लागि बजार क्षेत्रमा ब्लक भएको ढल खोल्ने लगायतका अन्य वैकल्पिक उपायहरू पनि भई रहेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए। 

बढ्दो सहरीकरणसँगै सडकको उचाइ बढ्दै जाँदा घरहरू होचो भएका कारण पनि डुबानको समस्या हुने गरेको छ। यसै गरी जिल्लाको चाकरचौडा, पकडी, महाराजगंज, कृष्णनगर, चन्द्रौटा, बुद्धभूमि, वाणगंगा लगायतका स्थानहरूमा पनि डुबानको समस्या देखिएको छ। 

जिल्लाको वाणगंगा, कोइली, सुराही नदी र यसका आसपासका सहायक नदीहरूमा पानीको सतह खतरा तहमा आई पुगेको भन्दै जल तथा मौसम विज्ञान विभागले यस क्षेत्रका सर्वसाधारणहरूलाई मोबाइलमा म्यासेज मार्फत पनि सतर्क रहन आग्रह गरेको छ। यी नदी आसपासका होचो स्थानमा रहेका सर्वसाधारणलाई उच्च सतर्क अवस्थामा रही सुरक्षित हुन समेत मौसम विज्ञान विभागले आग्रह गरेको छ।

वाणगंगा नदीको तल्लो तटीय क्षेत्रअन्तर्गत महाराजगन्ज नगरपालिकाको हरदौना क्षेत्रमा नदी कटान बढ्दै गएको र पानीको सतह बढिरहेको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए। हरदौना गाउँका २ घर नदी कटानबाट उच्च जोखिमका भएका कारण उनीहरूलाई अन्यत्र सारिएको छ।
जिल्लामा बाढीबाट हुन सक्ने विपद् व्यवस्थापनका लागि सुरक्षा निकायका सबै संयन्त्रहरू तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी विश्व अर्यालले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.