काठमाडौं : नेपाल आइडल सिजन ५ का विजेता करण परियारको नयाँ गीत सार्वजनिक भएको छ। आइडल विजेता भएपछि करणको सार्वजनिक भएको यो गीत दोस्रो हो। करणलाई फिमेल भोकलामा गायिका अस्मिता अधिकारीले साथ दिएकी छन्।
‘मैले सम्झिने मान्छे’ बोलको गीतलाई डा. विष्णु दाहालले लेखेका हुन् भने अर्जुन पोखरेलले कम्पोज गरेका हुन्। गीतमा महाराज थापाको एरेन्ज रहेको छ।
सार्वजनिक गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ। प्रेमिल गीतमा मोडल शनिशा भट्टराई र शितल वाग्लेको अभिनय देख्न सकिन्छ। भिडियोमा शितल र शनिशाको जोडी सुहाएको छ।
भिडियोलाई मान कृष्ण महर्जन र पवन सुश्लिङले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन र कलर गरेका हुन्।