डुंगेश्वरमा अब बन्ने छैनन् ५ लाखमुनिका योजना

डुंगेश्वरमा अब बन्ने छैनन् ५ लाखमुनिका योजना
सुन्नुहोस्

दैलेख : जिल्लाको डुंगेश्वर गाउँपालिकाले अब पाँच लाखभन्दा कम बजेटका योजना निर्माण नगर्ने भएको छ। गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यस्तो नीति ल्याएको हो। 

योजना तुर्जुमा, प्राथमिकता, योजना मार्गदर्शन अनुसार पालिकास्तरमा १० लाख र वडास्तरमा कम्तीमा पाँच लाख नघटाई योजना निर्माण गर्ने नीति अघि सारेको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए। 

‘हामीले यो नीतिलाई अनिवार्य रूपमा लागु गर्ने गरी कार्यान्वयन गर्ने भएका छौं,’ अध्यक्ष केसीले भने। गाउँपालिका तथा वडास्तरबाट सञ्चालन गरिने पुँजीगत शीर्षक अन्तर्गतका बजेटलाई कुनै पनि चालु प्रकृतिको योजनामा बजेट विनियोजन तथा रकमान्तर नगर्ने नीति गाउँपालिकाको छ। अध्यक्ष केसीका अनुसार पालिकास्तरीय गौरवको योजना तथा एक वडा एक आयआर्जनमूलक योजनालाई अनिवार्य रूपमा कार्यान्वयन गरिनेछ। गाउँपालिकाले कृषकको जीवनस्तर सुधार, पूर्ण विद्युतीकरण, खानेपानी, खरको छानोमुक्त पालिका घोषणा गर्ने लगायतका नीति अघि सारेको हो।

गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन र सुशासन तथा संस्थागत विकासका कार्यक्रमलाई प्राथमिकता दिएको छ। ‘उन्नत कृषि, किसानको समृद्धि’ नारासहित सिँचाइ विस्तार, कृषियोग्य भूमिका उपयोग, आधुनिक कृषि प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण र बजारी करण गर्दै पालिकालाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने नीति लिएको गाउँपालिकाले जनाएको छ। यस्तै सार्वजनिक निजी सहकारीको माध्ययमबाट औद्योगीकरण गर्दै उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी निवारण र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने र सामाजिक सुरक्षा कार्यक्रममार्फत श्रमिकहरूको हक संरक्षण गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष केसी बताउँछन्। ‘हामीले स्थानीय पुँजीको संकलन उद्यमशीलताको विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना र गरिबी निवारणको माध्ययमका रूपमा सहकारीलाई विकास गर्ने नीति लिएका छौं,’ उनले भने ‘पूर्वाधार, जनशक्ति, वित्तीय व्यवस्था र स्वास्थ्य चेतनाको विकासद्वारा स्वास्थ्यसम्बन्धी मौलिक हकको कार्यान्वयन गरिनेछ।’

एकघर एक धाराको अभियानअन्तर्गत आगामी दुई वर्षभित्र गाउँपालिकाका सबै नागरिकको पहुँचमा सुरक्षित र स्वच्छ खानेपानी पु¥याउने नीति लिएको गाउँपालिकाले प्रत्येक नागरिकलाई स्वच्छ पीउने पानी र सरसफाइको व्यवस्थामार्फत सफा, सुन्दर र सभ्य पालिका निर्र्माण गर्ने भएको छ। पालिकाले गुणवान् र सक्षम नागरिक तयार गर्न शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्दै सामुदायिक शिक्षालाई गुणस्तरिय सीपमूलक र जीवनउपयोगी बनाउने नीति अघि सारेको छ। नीतिगत संरचना एवं स्रोत व्यवस्थापन गर्दै युवाहरूलाई विकासका साझेदारका रूपमा लिने गाउँपालिकाको नीति छ। गाउँपालिकाका अध्यक्ष केसीका अनुसार पालिकाभित्रको मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण गर्दै स्थानीय पहिचानको अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने नीति अघि सारिएको छ।

पालिकाको केन्द्रलाई पक्की सडकले जोड्ने नीति लिएको गाउँपालिकाले सडक निर्माण दिगोपना, लाभ र पर्यावरणीय प्रभावको अध्ययन गरि मापदण्ड पालनाको अनिवार्य व्यवस्था गर्दै जथाभावी डोजर प्रयोगलाई निरुत्साहित गर्ने भएको छ। ‘विद्युत् उत्पादन र खपत बढाउने, आधुनिक ऊर्जामा नागरिकको सहज पहुँच सुनिश्चित गर्दै नवीकरणीय ऊर्जाको प्रयोगद्वारा दैनिक जीवनमा सहजता तथा रोजगारी, आय वृद्धि र पर्यावरण संरक्षण गर्ने नीति लिएका छौं,’ गाउँपालिकाका अध्यक्ष केसीले भने। गाउँपालिकाभित्रका नागरिकहरूमा सुशासनको प्रत्याभुति दिलाउँदै विकास र समृद्धिका लागि योजनाबद्ध ढंगले अघि बढ्दै नमुना र समृद्ध पालिका बनाउने संकल्प अघि सारेको अध्यक्ष केसीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.