सरकार पटक पटक परिवर्तन हुने देखिएपछि एमाले र कांग्रेसबीच गम्भीर छलफल

प्रचण्डले एमालेलाई धोका दिन लागेको सूचना प्राप्त भएपछि नयाँ समीकरण बन्यो : सचिव भट्टराई

प्रचण्डले एमालेलाई धोका दिन लागेको सूचना प्राप्त भएपछि नयाँ समीकरण बन्यो : सचिव भट्टराई
सुन्नुहोस्

उनले दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्रीका लागि उचित हुने उल्लेख गरे।

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डले एमालेमाथि अविश्वास गरेका कारण अहिलेको परिस्थिति आएको दावी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भट्टराईले वर्तमान सरकारलाई सहज रुपमा अघि बढाउन एमालेले सकारात्मक भूमिका खेलेपनि एमालेलाई धोका दिने काम भइरहेको सूचना प्राप्त भएपछि नयाँ समीकरणको निर्णय भएको बताएका हुन्। 

प्रधानमन्त्रीले एमालेसँग छलफल नगरी कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गरेको र त्यसका कारण सरकार पटक पटक परिवर्तन हुने देखिएकाले एमालेले कांग्रेससँग गम्भीर भएर छलफल गरेको उनले बताए। 

भट्टराईले अहिलेको अवस्थामा माओवादीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्ने भएकाले कांग्रेसको प्रस्ताव अनुसार नयाँ समीकरणकरण बनाइएको जिकिर गरे। उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउन,आर्थिक विकासको बाटोतर्फ मुलुकलाई अघि बढाउन र संविधानको सफल कार्यान्वयनका लागि एमाले गम्भीर निर्णय लिएको भन्दै सदनमा आक्रोश पोखेर अब केहि नहुने तर्क गरे। एमालेले समर्थन फिर्ता लिएर प्रधानमन्त्री घोर अल्पमतमा परेको भन्दै मार्गप्रसस्त गर्न उनले सुझाव दिए।

उनले विश्वासको मत दिनका लागि २८ गतेसम्मको समय लिनुपर्ने कुनै कारण नरहेको बताए। उनले दुई पार्टीको निर्णयलाई सम्मान गर्दै सदनबाटै राजीनामाको घोषणा गर्नु प्रधानमन्त्रीका लागि उचित हुने उल्लेख गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.