सेयर बजारमा २१ अंकको वृद्धि,६ अर्बमाथिको कारोबार

सेयर बजारमा २१ अंकको वृद्धि,६ अर्बमाथिको कारोबार
सुन्नुहोस्

काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको हो। सेन्सेटिभ इण्डेक्स ३.५२ अंकले बढेर ३७८.२२ विन्दुमा अडिएको छ।

यसदिन ३२५ स्क्रिप्सको १ करोड ४०  लाख १४ हजार ६२२ कित्ता सेयर ६ अर्ब २९ लाख ३१ हजार ८५४ रुपैयाँमा खरिदबिक्री भए। सेयर बजार दोहोरो अंकले बढेपनि कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

यसदिन मैलुङ खोला जल विद्युतका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो। सो कम्पनीको २१ करोड मूल्य बढीको सेयर कारोबार भयो।

हिमालयन रिइन्स्योरेन्सको १५ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १३ करोड, गुडविल फाइनान्सको ११ करोड मूल्य बराबरको सेयर कारोबार भयो। डेभलपमेन्ट बैंक,फाइनान्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

यसदिन १५० स्टकको मूल्य बढ्दा ८२ वटाको घट्यो भने १५ वटाको मूल्य स्थिर रह्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.