एमाले प्रतिपक्ष बेञ्चमा

रास्वपालाई एमालेको प्रश्न : प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ?

रास्वपालाई एमालेको प्रश्न : प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हुनुहुन्छ ?

काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले आजबाट एमाले प्रतिपक्ष बेञ्चमा बसेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै भट्टराईले गएको सोमबार एमाले र कांग्रेसबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने राजनीतिक सहमति भएको बताएका हुन्।

‘संसद्का एमाले र कांग्रेसले सहकार्य गरेर जाने निर्णय गरिसक्यो। तपाईं अल्पमतमा मात्र होइन घोर अल्पमतमा परिसक्नु भएको छ। हाम्रो संविधानले बहुमतको सरकार,अल्पमतको विपक्ष भन्छ। संसदमा आसन बदलिसकेको छ, प्रधानमन्त्री २८ गतेसम्म लम्ब्याउने कुरा किन भयो ? यो के का लागि त्यो हामीले बुझ्न सकेका छैनौं। प्रधानमन्त्रीले विश्वास र समर्थन गुमाई सक्नुभएको छ, एमालेको तर्फबाट भन्न चाहन्छु- प्रधानमन्त्रीले यहि संसदबाट राजीनामा घोषणा गर्नु उपयुक्त हुन्छ। ’ उनले थपे, ‘उहाँले पहिलोपटक विश्वासको मत लिँदा २६८, दोस्रोमा १७२, तेस्रो र चौथो पटक १५७ मत प्राप्त गर्नुभयो। अब उहाँले विश्वासको मत लिँदा कति मत प्राप्त गर्नुहुन्छ ?’

भट्टराईले रास्वपालाई प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंङ्गामा बसेर कता जाँदै हुनुहुन्छ भन्दै प्रश्न गरे। ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू सत्तापक्षमा बस्नुभएको छ। उहाँहरूको पार्टीको निर्णय र इच्छा हो। हामीले भन्नु केही छैन।’ उनले भने, ‘तर, प्रधानमन्त्रीले प्वाल पारिसकेको डुंगामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, एक पटक सोच्नुहोला तपाईंहरुले। तपाईंहरुले जुन ढंगले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नुभएको छ, त्यस हिसाबले सोच्न आग्रह गर्दछु।’

ओली नेतृत्वमा सरकार बन्दै

नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ गठबन्धनसहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। उसले मन्त्रीहरूलाई राजीनामा गराएर सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

सहमतिअनुसार संसदको बाँकी समय पहिलो चरणमा सरकारको नेतृत्व नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नेछन्।

अशोक राई नेतृत्वको जसपाले पनि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिन लागेका हुन्। तर उनले विश्वासको मत पाउने सम्भावना भने छैन। 

हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिटआवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सिटपुग्ने अवस्था छ।

माओवादी केन्द्रसँग ३२ सिटछ।  राष्ट्रिय स्वतन्त्र पार्टीसँग २१ सिटछ भने एकीकृत समाजवादीसँग १० सिटछ। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १४,जनता समाजवादी पार्टीसँग ७,जनमत पार्टीसँग ६, जनता समाजवादी पार्टी, नेपालसँग ५, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीसँग ४-४ सिटछ।

त्यसबाहेक नेपाल मजदुर किसान पार्टी,राष्‍ट्रिय जनमोर्चा,आम जनता पार्टीसँग एक-एक र दुई स्वतन्त्र सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.