सडक नबनेपछि ओली, शर्मा र लिङ्देन ‘लापता’ भएको तस्बिर राखेर विरोध प्रदर्शन

सडक नबनेपछि ओली, शर्मा र लिङ्देन ‘लापता’ भएको तस्बिर राखेर विरोध प्रदर्शन
सुन्नुहोस्

झापा : झापा जिल्लाकै सदरमुकाम जोड्ने मुख्य सडक निर्माणमा चरम लापरबाही भएको भन्दै युवाहरूले शीर्ष नेताहरु लापता भएको तस्बिर राखेर विरोध प्रदर्शन गरेका छन्। 

बिर्तामोड–भद्रपुर सडक खण्ड अन्तरगत चन्द्रगढीस्थित लेखनाथ चोकमा युवाहरूले झापाबाट निर्वाचित भएका ‘हेविवेट’ नेताहरु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनको तस्बिरमा ‘लापता’ लेखेर विरोध जनाएका हुन्। 

सडक निर्माणमा ढिलासुस्ती भएको क्षेत्रबाटै शर्मा र  लिङ्देन निर्वाचित भएका छन्। युवाहरूले शनिबार मात्रै लेखनाथ चोकमा धान रोपेर विरोध जनाएका थिए। युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आइतबार दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भारका कार्य हुने भनी आश्वासन दिएका छन्। सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ। यो सडक बनाउन भद्रपुर नगरपालिका युवाहरूको साथमा रहेको नगर प्रमुख पोखरेलको भनाइ छ।

चार लेनको सडक निर्माणमा ढिलासुस्ती हुँदा हिउँदमा धुलो र अहिले वर्षायाममा हिलाम्मे सडक कारण जनताले सास्ती झेल्दै आइरहेको छ।  सो सडक अन्तर्गत भद्रपुरको देउनियाँ पुलदेखि लेखनाथ चोक हुँदै भैरव चोकसम्म चार लेनको सडकको ठेक्का लागे पनि अझै काम सुचारु भएको छैन।   

सो सडक निर्माणको ठेक्का काठमाडौंको कन्टेक प्रालिले करिब ६० करोड रुपैयाँमा लिएको हो। २०७७ माघ ६ गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ३० महिनामा काम सम्पन्न गर्नुपर्ने सम्झौता रहेको थियो।  सो अवधिमा कम्पनीले बिर्तामोड क्षेत्रमा मात्र काम गरिरहेको छ। दुई पटक म्याद थप गरिसकेका निर्माण कम्पनीले ४० प्रतिशत मात्र काम सम्पन्न गरेको सडक डिभिजन कार्यालय दमकका प्रमुख सुरेश पौडेलले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.