सप्तकोसीमा पानीको बहाव घटन थाल्यो, ब्यारेजका ४२ ढोका खोलिए
धरान : सप्तकोसी ब्यारेजका ५६ ढोकामध्ये ४२ ढोका खोलिएका छन् । पानीको बहाव घटन् थालेपछि भारत पक्षले ४२ वटा ढोका खोलेको हो । सोमबार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६१ हजार ७१० क्युसेकमा झरेको सुनसरीका प्रहरी प्रमुख एसपी बीपीन रेग्मीले बताए ।
उनले पानीको बहाव घट्न थालेपछि ब्यारेजका ४२ वटा ढोका खोलिएको बताए । आइतबार सप्तकोसीमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ९३ हजार ७१५ क्युसेक पुगेको थियो । आइतबार ब्यारेजका ५६ वटै ढोका खोलिएका थिए ।
सप्तकोसीमा पानीको बहाव केही घटे पनि वर्षात् भइरहेकाले फेरि बढन सक्ने भएकाले कोसी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।