आँधीखोला किनारमा शव फेला

आँधीखोला किनारमा शव फेला
सुन्नुहोस्

स्याङ्जा : भीरकोट नगरपालिका-४ छाङछाङदीका ४० वर्षीय सुरेश श्रेष्ठ आँधीखोला किनारमा मृत भेटिएका छन्। सोमबाट दिउँसो पुतलीबजार नगरपालिका-१३ बगालथोकस्थित आँधीखोलन किनार गैरीजाँगरमा श्रेष्ठको शव भेटिएको प्रहरीले जनाएको छ।

आफन्त/परिवार भेट्न भनी आइतवार साँझ उनी पुतलीबजार नगरपालिका-३ मा आएपछि सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरीले खोजी सुरु गरेको जनाएको छ। 

उनले चढेको प्रदेश ३-०२००९ प ०१९३ नम्बरको स्कुटर सोमबार बिहान पुतलीबजार नगरपालिका-१ स्थित आँधीखोला किनार मालेबगरमा भेटिएको थियो। 

त्यसपछि प्रहरी र सेनाको टोलीले स्कुटर भेटिएको स्थानभन्दा करिब ४ किलोमिटर तल श्रेष्ठको शव फेला परेको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। स्कुटर पूर्ण क्षति भएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी भनाई छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.