सेयर बजारमा सामान्य अंकको गिरावट,नेप्से र कारोबार घट्यो

सेयर बजारमा सामान्य अंकको गिरावट,नेप्से र कारोबार घट्यो

काठमाडौं : आइतबार दोहोरो अंकले बढेको सेयर बजार आज एकल अंकले घटेर बन्द भएको छ। आइतबारको तुलनामा आज नेप्से र कारोबार रकम दुवै घटेको छ। नेप्से ४.६२ अंकले घटेको छ भने कारोबार रकम ४ अर्बमा झरेको छ।

अघिल्लो दिन नेप्से परिसूचक २१.२७ अंकले बढेर २१४०.९७ विन्दुमा पुगेको थियो। सो दिन ६ अर्ब २९ लाख ३१ हजार मूल्य बराबरको सेयर कारोबार भएको थियो। सेन्सेटिभ इण्डेक्स ०.२० अंकले घटेर ३७७.४५ विन्दुमा अडिएको छ। 

यसदिन ३२४ स्क्रिप्सको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता सेयर ४ अर्ब  ५६ करोड ९८ लाख ३६ हजार १०६ रुपैयाँमा खरिदबिक्री भए। आज कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.६८ प्रतिशतले बढ्यो। मैलुङ्ग खोला जल विद्युतका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ८.३९ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमे‍न्ट शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरक सेयर कारोबार भयो।

जानकारी फाइनान्सको १५ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको ९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। फइनान्स,माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य समूहको उपसूचक नकारात्मक देखिएका छन्।

कारोबारमा आएका ९५ स्टकको मूल्य बढ्दा १४१ वटाको घट्यो भने १० वटाको मूल्य भने स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.