पर्सामा असार तेस्रो सातासम्म ६० प्रतिशत धान रोपाइँ

पर्सामा असार तेस्रो सातासम्म ६० प्रतिशत धान रोपाइँ
सुन्नुहोस्

वीरगन्ज : पर्सामा असारको अन्तिम सातासम्म ६० प्रतिशतभन्दा बढी धान रोपाइँ सकिएको छ। कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल प्रसादका अनुसार ४७ हजार हेक्टर क्षेत्रफलमा अगहनी धानको खेती हुने गरेको छ। असार २३ गतेसम्म पर्सामा ६० प्रतिशत अर्थात २८ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको केन्द्रका प्रमुख प्रसादले बताए। 

उनका अनुसार केही स्थानमा अहिले चैते धानको हार्भेष्टिङ भइरहेकाले ती स्थानमा मात्र रोपाइँ बाँकी रहेको रहेको भन्दै उनले साउन दोस्रो सातासम्म बाँकी रोपाइँ पनि सकिने अनुमान रहेको बताए। 

यसपालि मनसुन समयमै सुरु भई वर्षा निरन्तर भएको र गण्डक नहरमा पनि समयमै पानी आएकाले पर्याप्त सिँचाइ सुविधा उपलब्ध भएका कारण आधा भन्दा बढी रोपाइँ सकिएको उनले बताए। 

कार्यालय प्रमुख मुनिलालका अनुसार पर्सामा यसवर्ष अगहनी धानको उत्पादन बढ्ने सम्भावना देखिएको छ। उनले भने,‘यसवर्ष पानी पनि पर्याप्त पर्‍यो, गण्डक नहरमा पानी पनि समयमै आयो। रोपाइँ गर्दा सिँचाइको कमी भएन। साथै मलखाद पनि किसानले समयमै पाइरहेका छन्। यदि कुनै प्राकृतिक विपद् भएन भने यसवर्ष धानको उत्पादन राम्रो  हुने सम्भावना छ।’  

अन्नको भण्डार भनिने मधेश प्रदेशमा भने हालसम्म २५ दशमलव ५ प्रतिशतमात्र रोपाइँ भएको छ। मधेशमा धान खेती हुने तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ।तर हालसम्म मधेशमा २५ दशमलव ५ प्रतिशतमात्र रोपाइँ हुन सकेको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाईंले जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.