मनसुनपछिको विपद्‍मा परी मृत्यु हुनेको संख्या ७४ पुग्यो, ८८ जना घाइते

मनसुनपछिको विपद्‍मा परी मृत्यु हुनेको संख्या ७४ पुग्यो, ८८ जना घाइते
सुन्नुहोस्

काठमाडौं : नेपालमा मनसुन सुरु भएयता आज दिउँसोसम्म देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो, डुबानलगायत विपद्मा परी ७४ जनाको मृत्यु भएको छ भने ८८ जना घाइते भएका छन्।  

विपद्जन्य घटनामा गरी काठमाडौं उपत्यकामा एक, कोशी प्रदेशमा १८, मधेस प्रदेशमा तीन, बागमती प्रदेशमा चार, गण्डकी प्रदेशमा २२, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा चार गरी ७४ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार घाइते हुनेमध्ये काठमाडौं उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन्।

कोशी प्रदेशमा ४१ र गण्डकीमा १२ गरी ५३ जनाको उद्धार गरिएको छ। बाढी पहिरामा परी कोशी प्रदेशमा दुई, बागमतीमा दुई र सुदूरपश्चिममा एक गरी पाँच जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। बाढीका कारण एक सय ६१ घर डुबानमा परेका र ९४ घर, ५३ गोठ, ४१ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ भने तीन सय ३५ पशुचौपाया मरेका प्रवक्ता कार्कीले बताए।

यस अवधिमा विपद्का घटनाबाट दुई हजार दुई सय ९६ परिवार विस्थापित भएका छन्। बाढी पहिराको जोखिममा रहेका विभिन्न जिल्लाका परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय तथा सहयोगमा भइरहेका र सडकको अवरोध हटाउने कार्यसमेत जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.