प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको निर्देशन

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन एमालेको निर्देशन
सुन्नुहोस्

काठमाडौं : नेपाल एमालेले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन जारी गरेको छ। शुक्रबार प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिने कार्यसूची तय भएपछि एमालेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर विपक्षमा मतदान गर्न ह्विप जारी गरेको प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।

असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धनसहित नयाँ सत्तासमीकरण बनाउने सहमति भएसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ। कांग्रेस-एमालेबीच गठबन्धनसहितको राष्ट्रिय सरकार बनाउने सहमति भएको छ। 

सहमतिअनुसार संसदको बाँकी कार्यकाल नेपाली कांग्रेस र एमालेले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ। पहिलो चरणमा सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। त्यसपछि चुनावसम्म  कांग्रेस सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने सहमति भएको छ।

सत्तामा रहेका नेकपा एमाले र अशोक राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि राजनीतिक संकटमा परेका प्रधानमन्त्री प्रचण्डले असार २८ गते संसदबाट विश्वासको मत लिँदैछन्। तर,प्रचण्डले विश्वासको मत पाउने संभावना भने छैन।

हाल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेस ८८ र दोस्रो ठूलो दल नेकपा एमाले ७९ जना सांसद छन्। यी दुवैलाई जोड्दा पनि बहुमत पुग्ने अर्थात् १६७ सिट पुग्ने अवस्था छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.