बागलुङ बजारमा बाढी पस्दा पसल र घरहरूमा क्षति

बागलुङ बजारमा बाढी पस्दा पसल र घरहरूमा क्षति
सुन्नुहोस्

बागलुङ : बुधबार साँझदेखिपरेको भीषण वर्षापछि अकल्पनीय रूपमा आएको बाढीले सदरमुकाम बागलुङ बजारका धेरै पसल र घरमा क्षति पुगेको छ । बुधबार राती बाढीले बागलुङ नगरपालिका–२ हाँडेपाखा, श्रीनगरटोल,  क्याम्पस चोक, बालमन्दिर रोड, धौलागिरी चोक, लोकतान्त्रिक चोक, हल्लनचोकका पसल र घरमा क्षति पुर्‍याएको हो । 

मध्यपहाडी लोकमार्ग र हाडेपाखाबाट आएको बाढीले पसल र घरमा क्षति पुगेको छ । बाढीको कारण बागलुङ नगरपालिका–२ श्रीनगरटोलको हरिकृष्ण सप्लायर्स, लक्ष्मी रेष्टुरेन्ट सहित श्रीनगरटोल, क्याम्पस चोकमा रहेका अधिकांश घर र पसलहरू, लोकतान्त्रिक चोकमा रहेका पसलहरूमा क्षति पुगेको छ । पसलमा भएका सामानहरूमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीहरूले बताएका छन् ।

बाढीले बानपा–२ हाडेपाखास्थित हाडेपाखा कुखुरा फार्मका करिब १ हजार बोइलर कुखुरा मरेका छन् । बजारमा बाढी पसेपछि उद्धारमा जिल्ला  प्रहरी कार्यालय, विपद व्यवस्थापन गुल्म, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयहरू खटिएका थिए । बाढीबाट भएको क्षतिबारे विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.