बागलुङमा पहिरोमा घर पुरिंदा एक महिलाको मृत्यु

बागलुङमा पहिरोमा घर पुरिंदा एक महिलाको मृत्यु
सुन्नुहोस्

बागलुङ : बागलुङमा गए राती पहिरोले घर पुरिंदा एक महिलाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा घरमाथिबाट आएको पहिरोले घर पुरिँदा घरभित्र सुतिरहेकी ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको वडाअध्यक्ष मेघनाथ गैरेले बताए । 

वडा अध्यक्ष गैरेले घरमा शर्मा एक्लै रहेको बताए । 

बिहीवार बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेपछि अहिले घटनास्थलतर्फ जाँदै गरेको वडा अध्यक्ष शर्माको भनाइ छ । वर्षाका कारण बाटो बिग्रिएको हुँदा प्रहरी अझै घटनास्थलमा पुग्न नसकेको अध्यक्ष गैरे बताए ।

यस्तै बागलुङ नगरपालिका–९ तित्याङमा पहिरोले घर र गोठ पुरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.