प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढ्यो
काठमाडौं : सेयर कारोबार साताको अन्तिम दिन बिहीबार प्री ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १३.२३ अंकले बढेर २१८८.६३ विन्दुमा पुगेको छ।
यो समयमा ७३ स्क्रिप्सको ८ हजार ३५ कित्ता सेयर ३५ लाख ९० हजार ६२ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४६ स्टकको मूल्य बढ्दा १९ वटाको घट्यो भने ८ वटाको मूल्य स्थिर रह्यो।