‘भगवानले पनि किनारा लगाइदिए’

‘भगवानले पनि किनारा लगाइदिए’

चितवन : शुक्रबार बिहान ७ बजे गौर पुग्ने योजनामा कंलकीबाट बिहीबार साँझ ८ बजे बस चढेका थिए, रौतहटको देवाहीगोनाही नगरपालिका— १ का नन्दन दास। एक महिनापछि बहराइन जाने निश्चित भएपछि फुरुङ्ग हुँदै घर फर्किंदै थिए। मुग्लिनमा खाना खाएपछि यात्रु निदाउन थाले। तर नन्दन दास निदाउन सकेका थिएनन्। 

खाना खाएको आधा घण्टापछि बसमा अचानक आवाज आयो। बसमा यात्रा गरेकाहरू चिच्याउन थाले। बचाउ बचाउ भन्दै कराएको आवाज नन्दनलाई सपनाजस्तै लाग्यो। त्यतिबेलासम्म बस नदी किनारतर्फ फाल हाल्न थालिसकेको थियो। के भयो भन्ने नै मेसो पाएनन्। बस अचानक पानीमा सबै यात्रुसहित डुबेपछि उनले केही मेसो पाएनन्। काठमाडौंंबाट गौर जाँदै गरेको वाग्मती प्रदेश ०३–०११ ख २४९५ गणपति बस त्रिशूलीमा डुब्दा तैरिएका थिए दास। 

बससँगै यात्रु पानीमा डुबे। तीव्र पानीको बेगले नन्दनलाई बसबाट बाहिर निकाले। त्यसपछि उनलाई लाग्यो अब जिन्दगी यति रहेछ। उनी बेसुरमा हातखुट्टा चलाएर पौडन सुरु गरे। अँध्यारो भएको किनार कता भन्ने थाहा पाएनन्। उनी जे होला भन्दै पौडिँदै गएपछि किनारमा पुगे। त्यसपछि लाग्यो बाँचे। तर पनि उनी पत्याउन सकेका थिएनन्। ‘बस अचानक पल्टिन सुरु गरेपछि सबै बचाउ भन्दै कराउन थाले। म त के हो कसो भन्ने ठम्याउनै सकिनँ,’ दासले भने, ‘खै कसरी हो म पानीले हुत्याएर बाहिर निस्केछु। मसँगै भएका साथी पानीमै डुबेछन्। सम्झिँदा मुटु कामेको छ।’

दुई वटा यात्रुवाहक बसका करिब ६५ जना सवार यात्रुमध्ये उनी बाहिर निस्कन सफल भए। मृत्युको मुखबाट फुत्किएका नन्दले भगवान् सम्झे। भगवान्ले किनारा लगाएको कारण आफू बाँचेको बताए। ‘भगवान्ले मलाई किनारा लगाइदिएर बचाए मैले पुनर्जन्म पाएको हुँ।’ उनका श्रीमतीसहित दुई छोरी छन्। एक महिनापछि बहराइन जाने तयारीमा थिए। मुखमा चोट लागेका नन्दनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

आफू बाँचे, छोराछोरी बचाउन सकेनन्

भरतपुर महानगरपालिका— २९ सिमलतालमा दुई वटा बस त्रिशूलीमा डुब्दा भाग्यले बाँचेका अर्का थिए, रौतहटको गरुडा–९ का जुगेश्वर राय यादव। अन्धकार रातमा पौडिएका उनले ढुंगा भेटे। त्यही ढुंगाको आडमा उनी बाँचेका हुन्। ‘बस पाँच बल्ड्याङ खाएको हो। बसभित्र च्पापिएका थिए,’ उनले भने, ‘घटना सम्झिँदा कसरी बाँचे पत्याउनै सकेको छैन।’ उनको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। 

काठमाडौंंमा उपचार गराएर ल्याएका छोरालाई घर फर्काउन पाएनन्। त्रिशूलीमा खसेको बसबाट उनी उत्रिए। तर छोरा, छोरी र दुई नातिनातिनालाई उतार्न सकेनन्। ३५ वर्षीय छोरी, १० वर्षीय छोरा, ७ वर्षीया नातिनी र २ वर्षीय नाति पानीमै डुबे। अस्पताल पुगेका उनले बसको अवस्थाबारे सोधेका थिए। ‘मुग्लिनमा खाना खान ४५ मिनेट लाग्यो। त्यसको आधा घण्टापछि बस पल्टिन थाल्यो। पहिलोपल्ट पल्टँदा धेरैलाई सिटले च्यापेको देखें। पछि थाहै पाइनँ,’ उनले भने, ‘आफूसँगै रहेको सन्तानलाई हेर्दाहेर्दै डुबायो। म कसरी उत्रिए थाहै पाइनँ। दुर्घटनाअघि जाम थियो जाम खुलेसँगै बस अघि बढ्दा बस पल्टेको थाहा पाएँ।’ 

मुग्लिनमा खाना खाएको आधा घण्टापछि बस एक्कासि दुर्घटनामा परेको बस साँझै त्रिशूलीमा डुबेको थियो। त्रिशूलीको वहाव तेज भएको कारण शुक्रबार पत्ता लगाउन सकिएन। पानी धमिलो भएको कारण गोताखोर धेरै गहिराइमा पुग्न सकेनन्। उच्च बहाव र धमिलो पानीका कारण बस खोजीमा कठिनाइ भइरहेको चितवन प्रहरी प्रवक्ता डीएसपी भेषराज रिजालले बताए।

सशस्त्र प्रहरीका तीन वटा र नेपाली सेनाको एक वटा बोटबाट गोताखोरको टोली दिनभर सक्रिय थियो। घटनास्थलबाट करिब दुई सय मिटर तलसम्म खोजिएको थियो। ठूलो भुँमरी भएका कारण गोताखोरलाई कठिन भएको थियो। बस फेला पार्न चुम्बक पानीमुनि फालेर बस पत्ता लगाउन कोसिस गरिएको थियो।भरतपुर अस्पतालमा उपचाररत रौतहटकै सरोजकुमार गुप्ताको डिस्चार्ज भएको छ। सामान्य अवस्थामा रहेका उनको उपचारपछि डिस्चार्ज गरिएको हो। 

nullनारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान त्रिशूलीमा बस खसेको स्थल। तस्बिर : अनिल ढकाल


पहिरोले सोहोरेर त्रिशूलीमा बगे २ बस : ६० यात्रु बेपत्ता, ३ जना सकुशल

साढे २ बजे राति। पानी परिरहेको सडकमा विस्तारै लेदो बग्दै थियो। दुई दिशातर्फ जान लागेका बस ठोक्किएर अड्कियो। बसमा यात्रु खचाखच थिए। बसलाई पार गर्न कठिन भयो। एकैछिनमा पहाडबाट लेदोसहित पहिरो बग्यो र हेर्दाहेर्दै दुईवटा बस त्रिशूलीमा खस्यो।

यो दर्दनाक दृश्य हेरिरहेका थिए छेवैमा रहेको किनारमा पालो पर्खिरहेको बसका चालक जीवन सुनार। ३४ वर्षीय उनको १६ वर्षे सवारी चलाएका जीवनका लागि घटनाको सबैभन्दा बढी हृदयविदारक घटना थियो। उनको आँखैअगाडि मानिसहरूको चिच्चाहटसँगै बस त्रिशूलीमा खसेर विलय भयो। उनले हत्तपत्त लाइट बालेर त्रिशूलीमा हेरे। त्यहाँँँ पानीमात्रै बगेको देखे। बस नदीमा डुबेर बेपत्ता भएको थियो। 

उनको गाडी ग २ ख १८२२ नम्बरको गाडी पालो पर्खेर बसेको थियो। अगाडिको बस कटेपछि जाने सोचमा थिए। उनले गाडी हेरिरहेका थिए। पहिरोको भेलले गाडी एक्कासि हुत्ताएपछि उनी तर्सिए। एक जना मान्छे उनले उद्धार गरेका थिए। भारतीय नागरिक युट्युबमा त देखेको थिए। ३ बच्चा, मामा, परिवारसहित ६ जना थिए। ती व्यक्ति १० मिनेटमा किनारमा निस्कँदा जीवनले भेटेका थिए। घटनाले किनारमा बसेका जीवनलाई कहालिलाग्दो बनायो। ‘बस कटेपछि म अगाडि बढाउँछु भनेर बसें। बस बगाएपछि हत्तपत्त बस पछाडि हटाएर जोगिएको हुँ,’ जीवनले सुनाए ‘युट््युबमा त हेरेको थिए तर आज आँखै सामुन्ने देख्न प¥यो।’

प्रहरीका अनुसार तीन जनाले हाम फालेर ज्यान जोगाएका छन्। बाँकी ६२ जना बेपत्ता छन्। त्रिशूलीमा गाडी डुबेको छ। कुरिनटारमा रहेको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम केन्द्रका गोताखोरले पानीमुनि गाडी खोज्दा पनि भेट्न मुस्किल भएको छ। पानीको सतह बढी भएको कारण उद्धारमा कठिनाइ भएको छ। 

घटनास्थल माथि पहाड भाग जाने बाटो छ। सहायक सडक भएको कारण कटान गरेको लेदो खसेको अनुमान गरिएको छ। लगातारको वर्षात्ले पहिरो खसेको हो। नारायणघाट मुग्लिन सडकखण्डको सिमलतालमा दुई वटा बस त्रिशूलीमा बेपत्ता भयो। बसमा सवार ६५ जना यात्रुमध्ये चार जना बच्न सफल भए। बाँकी त्रिशूलीमा डुबेका छन्।

काठमाडौंंबाट गौर जाँदै गरेको गणपति डिलक्स बसले अर्को साधनलाई उछिन्न खोज्दा विपरीत दिशाबाट आएको बससँग ठोक्किँदा जाम भएको थियो। त्यही जाममा फसेको समयमा पहिरोले बगाएको हो। चितवन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बिहानैदेखि उद्धारको काम थालिएको बताए। वीरगन्जबाट काठमाडौंं गइरहेको एन्जल बसमा २४ जना र काठमाडौंंबाट गौर आइरहेको गणपति डिलक्समा ४१ जना यात्रु रहेका छन्। ‘पानीको वहाव र करेन्टले पानीभित्र खोज्न कठिन भएको छ। गोताखोरले बिहानैबाट लागेका छन्। तर भेट्न सकिएन,’ उनले भने, ‘हामी प्रत्यक्षदर्शीको भनाइअनुसार खोजी गरेका छौं।’

चितवन प्रमुख भावेश रिमाललगायतको टोली बिहानैदेखि खटिएका थिए। सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको टोली दिनभर घटनास्थल थियो। बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स काठमाडौंंबाट रौतहटको गौरतर्फ जाँदै गरेको थियो। काठमाडौंंको कलंकीबाट २३ र जोरपाटीबाट ५ जना गरी २८ जना यात्रु बोकेर बस रौतहट आएको बताइएको छ। बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स वीरगन्जबाट काठमाडौंं जाँदै गरेको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.