नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यद्वारा प्रणित प्रसिद्ध ‘रामायण’लाई मैथिली भाषामा ल्याएर अनुवादक बर्माले निकै गुण लगाएका छन्।
नेपाली साहित्यका आदिकवि भानुभक्तलाई सिंगो नेपालीभाषीबीच रामायणको कारण पनि अत्यन्त श्रद्धासाथ स्मरण गरिन्छ। अवधी भाषाका महाकवि तुलसीदासले रामचरितमानस लेखेर जनजनमा आफ्नो उपस्थिति दर्ज गराए, नेपाली भाषा समाजमा पनि भानुभक्त आफ्नो रामायणकै माध्यमबाट जीवन्त रहँदै आएका छन्। १८६७ सालमा जन्मेका भानुभक्तले अध्यात्म रामायणकै आधारमा लेखेको ‘रामायण’ १९१० सालमा पूरा गरेका थिए। यद्यपि रामायणको पूर्णस्वरूप तयार गर्न २७ वर्ष लागेको जानकारी मोतीराम भट्टले आफ्नो पुस्तकमा दिएका छन्।
नेपाली भाषाको आदिरूप र सम्भवतः आदर्शरूप पनि भानुभक्तको रामायणबाट सुरु हुन्छ। भानुभक्तको तथ्य परिचय दिने युवाकवि मोतीराम भट्टले लेखेका छन्– ‘हाम्रा गोर्खा भाषाको उन्नतिको उदय पनि यसै वर्ष भयो भनी जान्नू। गोर्खा भाषामा हुन त धेरै नामका कवि भानुभक्त भन्दा पैल्हे भये तर कविताको मर्म जानी भाषा पद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्’ (कवि भानुभक्तको जीवन चरित्र, भारत जीवनप्रेस, पृ–८)। भानुभक्तको ‘रामायण’को सम्पादन गर्दा सूर्यविक्रम ज्ञवालीले पनि जोड दिएर भनेका छन्– ‘आफ्नो रामायणमा भानुभक्तले लेखेको भाषा नै वर्तमान नेपाली भाषाको थालनी हो। नेपाली भाषाको वर्तमान युग भानुभक्तका रामायणबाट सुरु हुन्छ’ (प्रकाशक : नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, द्वि.सं. १९५४ ई, पृ. ४)।
नेपाली र मैथिली भाषाको अन्तर–सम्बन्धलाई अझ पुष्ट्याई गर्न भानुभक्त रामायणलाई मैथिली भाषामा अनुवाद गरी प्रस्तुत गर्न जमर्काे मैथिलीका साधक बदरीनारायण बर्माले गरे र नेपाल प्रज्ञा प्रतिष्ठान (तत्कालीन रा.प्र.प्र.) प्रकाशित पनि गर्यो। मैथिली भाषामा पनि दुईओटा रामायण निकै लोकप्रिय छन्। एउटा अध्यात्म रामायणकै आधारमा लालदासको मैथिली रामायण र अर्को चन्दा झाको रामायण। त्यसमध्ये चन्दा झाका रामायण मिथिलाञ्चलमा बढी पढिन्छ। मैथिलीमा बहुप्रचलित रामायणहरू हुँदा पनि बर्माले
अनुवादलाई हेर्दा अवश्य पनि यो अत्यन्त सरल र लोकजीहुवामा आउन सक्ने खालको भएको छ। पढ्ने बानी भएकाहरूका लागि यो अनुवाद अवश्य पनि लेखकीय थाती होला, नपढ्ने वा किनेर नपढ्ने जतिसुकै विद्वान् कहलिएकाहरूका लागि सूचीमा पर्ने एउटा अनुवाद पुस्तक भएर मात्र रहेको हुन सक्छ। मैथिली भानुभक्त रामायणमा अनुवादकले प्रत्येक काण्डको सुरुमा ‘मंगलाचरण’ थप्नु भएको छ। यसले पुस्तकको सौन्दर्यमा अभिवृद्धि नै गर्छ। अध्यात्म रामायणकै अनुवाद मैथिलीमा गर्दा कवि लाल दास एउटासिंगै अध्याय थपेका छन्– ‘मिथिलाकाण्ड’। ‘रामायण’को पद्यानुवाद गर्दा मूल कथानक वा भावलाई अन्यत्र मोड्न पाइँदैन। शब्दार्थ फरक परे
पनि भावना फरक सकेसम्म नआओस् अनुवादकले सुरुदेखि अन्तसम्म निर्वाह गरेका छन्।
अवधी भाषाका महाकवि तुलसीदासले रामचरितमानस लेखेर जनजनमा आफ्नो उपस्थिति दर्ज गराए, नेपाली भाषा समाजमा पनि भानुभक्त आफ्नो रामायणकै माध्यमबाट जीवन्त रहँदै आएका छन्।
१८६७ सालमा जन्मेका भानुभक्तले अध्यात्म रामायणकै आधारमा लेखेको ‘रामायण’ १९१० सालमा पूरा गरेका थिए। यद्यपि रामायणको पूर्णस्वरूप तयार गर्न २७ वर्ष लागेको जानकारी मोतीराम भट्टले आफ्नो पुस्तकमा दिएका छन्।
अनुवाद प्रसंग : भानुभक्त रामायणका अनेकौं प्रसंग हामी विश्लेषण गरेर देख्यौं भने त्यस भाषाको सहजता, स्वाभाविकता र सौन्दर्य प्रभावित गर्छ। अनुवादकको यो जिम्मेवारी थियो– यो सहजता, स्वाभाविता र सौन्दर्यको रक्षा गर्नैपर्ने। त्यसमा बर्माको प्रयास सफल मान्नुपर्छ। बालकाण्डको पहिलो श्लोक हेरौं –
‘एक्दिन नारद सत्यलाके पुगि गया लोकको गरुं हित् भनी
ब्रह्मा ताहिँ थिया पर्याचरणमा खुसी गराया पनी।
क्या सोधछौ तिमी सोध भन्छु म भनी मर्जी भयेथ्यो जसै
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्या यो तसै।।१।।
(भानुभक्तको रामायण÷सं. सूर्यविक्रम ज्ञवाली, पृ. १)।
अनुवाद–
‘एकदिन नारद लोकको हितले’ सत्यलोक चली गेला।
ब्रह्मचरणमे सिर निहुरा हुनका प्रसन्न ओ कएला।।
जौं किछु पुछक हो से पुछी’– ब्रह्मा आज्ञा देलथिन्ह।
हुनक आदेश पाबिकय मुनिवर नम्र निवेदन केलथिन्ह।।१।।
(भानुभक्तीय रामायण/बदरी ना. बर्मा/पृ. ४)।
भाव अनवादको सुन्दर उदाहरण हेरौं–
‘मेरो आज पवित्र घर पनि हवस खामित ! गर्याँ बिन्ती यो।
सेवक हुँ करुणा निधान्। म कन होस माया र मर्जी छ यो।।
यो बिन्ती सुनी भन्दछन् प्रभु तहां सुन्यौ सखे ! आज ता।
वनमा जान चल्याँ म जान्न घरमा याहीं रहन्छु म ता।। ५३।।’
(उही, पृ. ४९)।
केवट गुहराजद्वारा नदी तर्न आएका रामलाई आग्रह गर्दै भनिएका यी शव्दको सुन्दर भाव अनुवादक बर्माको कलमबाट यसरी भएको छ–
‘कुटिया हमर पवित्र करु प्रभु ! ई विनती स्वीकार करी
सेवक छी अपनेक, करुणाकर ! कृपा करैत उद्धार करी।।
गुहक विनय सुनि राम कहै छथी– ‘हे प्रिय सखा ! ई छोडी आस
वनमे रहक प्रतिज्ञा हम्मर, तें नहि करब गाममे वास।।५३।।
(उही, पृ. ४०)।
अनुवादकले कतै–कतै अनुवाद गर्दा गर्दा भानुभक्तको पंक्तिभित्र रहेको शब्द र अर्थलाई यथानुवाद भावानुवाद कतैबाट
पनि न्याय गर्न नसकेका प्रसंगहरू पनि छन्। छन्द दोष पनि
नदेखिएको हैनन्। एउटा प्रसंग–
‘भार हर्न बीज प्रभुजीले तहंी रोपन आँट्या।
लक्ष्मणजीलाई भनी नाक र कान कटाया।।
आज्ञा ली लक्ष्मणजीले पनि काटी सदया।
भागी डराइकन भाइ जहाँ छ थिया।।३५।।
(उही, पृ. ७५)।
दुष्टको संहारले प्रतारित पृथ्वीको भार हर्न सूर्पनखाको नाक काटी संघर्षको बीउ रोप्ने रामचन्द्रको मनशाय अनुकूल आज्ञाले लक्ष्मण सूर्पनखाको नाक काट्छन्, त्यसपछि राक्षसी, दाइ (रावण) कहाँ भागेर गइन्। भानुभक्तको मनशायलाई अनुवादकले सम्झे–
‘आज्ञा पाबि लखन तब नाक कान दुनू काटल।
भूमिक भार हरनलेल तखनही विया रोपायल।।
तजी सुकुमारी रूप असुरनी भेली भयंकर।
नाक कानसंरहित गेली भैया लग सत्वर।।३५।।
(उही, पृ. ६१)।
आदेश पाएर लक्ष्मण नाक, कान दुबै काटेछन्। पृथ्वीको भार हर्न त्यसैबेला बीज रोपियो। सुन्दरीरूप त्यागेर राक्षसी भयंकर रूपमा आइन् र नाक–कानविहीन भएर दाइनिर तत्काल पुगिन्। यस भाव अनुवादमा अन्तिम दुई पंक्तिको पूर्ण भाव अनुवादककै दृष्टिउपज हो। तर यसले पनि मूलभावलाई खण्डित गर्दैन, किनभने अन्य रामायणमा सूर्पनखा आफ्नो असली रूपमा आएर दुवै भाइलाई
धम्क्याएर जान्छिन्। सम्भवतः यो झझल्को अनरवादकको मस्तिष्कमा खेल्दै थियो होला, उपयोग गर्नु भो।
नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यद्वारा प्रणित प्रसिद्ध ‘रामायण’लाई मैथिली भाषामा ल्याएर अनुवादक बर्माले निकै गुण लगाएका छन्। यसले मैथिलीका अन्य रामायणको परायण गर्ने जिज्ञाशा भक्तजन, अनुसन्धाताहरूलाई एउटा फरक स्वादमा रामायण पढ्ने अनुभूति हुनेछ। भाषाको अन्तरसम्बन्धलाई राम्ररी जानकारी प्राप्त गर्न अनुवाद प्रक्रियालाई निरन्तर जारी राख्नुपर्छ।
नेपाल प्रज्ञा प्रतिष्ठान अनुवाद विभाग नै खोलेर यस क्षेत्रमा कार्यहरू प्रारम्भ गरिसकेको छ। यस विभागमार्फत राष्ट्रिय भाषाहरूका सामग्रीहरू एकअर्का भाषामा अनुवाद भै गएमा पाठकमात्र बढ्ने थिएनन् बरु एकअर्काको समसामयिक विधा र त्यसका उपलब्धिबाट अवगत पनि हुने अवसर पाउने थिए।