मुख्यतः भानुभक्तका पाँच किसिमका लेख रचनाहरू जनमानसमा फैलिएको पाइन्छ। रामायण, भक्तमाला, प्रश्नोत्तार, वधू शिक्षा फुटकर कविताहरू छन्।
सर्वप्रथम भानुभक्त को हुन् ? किन तिनको हामी चर्चा परिचर्चा गरिरहेका छौं ? तनहुँको चुँदी रम्घा, आचार्यको कुल, श्रीकृष्ण आचार्यको नाति, धनञ्जय आचार्यका छोरा अनि धर्मावतीदेवी आचार्यको कोखबाट १८७१ असार, २९ गते जन्मिएका व्यक्ति हुन्, भानुभक्त आचार्य।
रामायण, भक्तमाला, प्रश्नोत्तर, वधू शिक्षा फुटकर कविताहरू छन्। तिनीहरूमध्ये मुख्य रामायणलाई हेर्दा मुख्यतः दुनियाँको कल्याण कसरी हुन्छ भन्ने विषयमा नै केन्द्रित भएको मान्नुपर्छ। एक दिन नारद सत्यलोक पुगिगया लोकको गरौं हित भनी ब्रह्मा ताहीँ थियो। पर्यो चरणमा खुसी गरायाँ पनि। यसको उठान नै लोकको कल्याण कसरी गर्न सकिएलाबाट उठान भएको छ। सरस, सरल, मार्मिक तवरले त्यसको माधुर्यताले दुनियाँको मन हरण गर्न सफल भएको पाइन्छ। यसर्थले नै उहाँ आदिकवि बन्न सफल हुनुभयो।
त्यतिबेला संस्कृत भाषामा लेखिएको क्लिष्ट भाषालाई त्यसको सारांश खिचेर कलियुगका मानिसहरू सारा भ्रष्टाचारी हुनेछन्। गाईले विष्टा खानेछन्, ब्राह्मणहरू वेद पुस्तक बेच्नेछन्, गौचरन कब्जा गर्नेछन्, सन्धिसर्पन पानीघट्टा थुन्नेछन्, बाटो थुन्नेछन्, अर्काको साँध–सीमाना मिच्नेछन्, सारा मानिस दुराचारी हुनेछन् आदि इत्यादि भनेर लेख्नु भएको छ। हेर्नोस् त त्यतिबेला मानिस पछि यस्ता हुनेछन् भनेर लेखेको कुरा अहिले आएर ठ्याक्कै मिल्न आएको छ। भनेपछि के कविले झुट्टा लेख्छन् भन्न मिल्छ त !
कलियुगका त्यस्ता व्यक्तित्वलाई असल सुमार्गी बनाउन के कसरी सकिएला भनेर सरल सर्वसाधारण सावाँ अक्षर मात्र चिनेकाले पनि बुझ्न सक्ने गरेर सबको कल्याणका निम्ति सरल, सरस, मार्मिक तवरले सुमधुर भाषामा लेखिदिनु भयो। अनि त सबै सावाँ अक्षर चिनेकाहरूले पनि पढ्न पाउने भयौं भनेर सबै खुसी भए, सबैमा उत्सुकता छायो अनि कतिले हामी पनि पढ्न पाए हुने भनेर सबै खुसी भएर धेरैजसोले किताब नै किनेर लगेर पढ्न थाले। यसरी उनले यो रामायण विश्व कल्याणका निम्ति लेखेर छोडे। साहित्य मानव कल्याणका निम्ति लेखिनुपर्छ भन्ने कुरा पनि दुनियाँलाई सिकाएर गए।
भानुभक्तले भक्तमालामा हामी सधैं भगवान्को नाम जप्ने छौं भनेर पृथ्वीमा अवतरण भयौं। जब पृथ्वीमा अवतरण गर्यौं, त्यसपछि भगवान्को नाम लिन छोड्यौं जति धनी भए पनि आखिरमा मरेर लानु केही छैन। जसरी जन्म लियौं कहिल्यै हामीले बाँचेर पनि भगवान्को नाउँ लिएका छैनौं। मरेपछि हामीलाई भगवान्ले के गर्लान् भन्ने किसिमको आशय बोकेका रचना पाइन्छन्।
प्रश्नोत्तरमा जिउँदै मरेको भनी नाम कसको उद्यमबिना बित्छ काल जसको, जब मानिस कुनै उद्यम नगरी बस्छ, त्यस्तो मानिस जिउँदै मरेसरह हुन्छ भनेर लेख्नु भएको छ। हो नि उद्यम नभएको, असल विचार नभएको मानिसलाई यो संसारमा कसले गन्ती गर्छ र ? जब कसैले त्यसको गन्ती गर्दैन, त्यो मानिस बाँचेको के अर्थ भयो त ? यस्ता प्रत्येक श्लोकले एउटा–एउटा नीति बोकेको छ। यसर्थ भानुले समाज बनाए, समाजले पनि भानुलाई महान् बनायो।
वधू शिक्षा त्यतिबेलाको समसामयिक विचार हो। त्यतिबेलाका महिलाहरू सासू ससुरा, श्रीमान्को अधिनमा बस्नुपर्छ भन्ने थियो। अझ श्रीमान्को देहान्त हुँदा सँगै श्रीमान्सँग चितामा जलेर मर्नुपर्ने अवस्था थिए। श्रीमान्सँगै सती जानुपथ्र्यो, त्यस्तो बेला थियो। त्यस्तो समयमा उहाँले लेख्नु भएको वधू शिक्षा हो। यो उहाँको समसामयिक रचना हो। कविहरू धेरै किसिमका हुन्छन्। कोही शृंगारिक लेख्ने, कोही प्राकृतिक लेख्ने, कोही समसामयिक लेख्ने, कोही ऐतिहासिक लेख्ने, कोही अरूले लेखेको व्याख्या गर्ने, कोही अरूले लेखेकोलाई दोषारोपण गर्ने, कोही अरूले लेखेकोलाई उल्था गर्ने आदि धेरै किसिमका कवि हुन्छन्, छन्। तीमध्ये उहाँ चाहिँ समसामयिक र उल्था गर्ने कवि हुनुहुन्थ्यो।
भानुका वधू शिक्षा र फुटकर रचना चाहिँ उहाँका समसामयिक रचना हुन्। त्यो बेलाको समय त्यस्तै थियो। जब उहाँ गजाघर सोतीको घर जानुभयो, तब श्रीमान्ले त बस भनेका थिए र बस्नु भएको थियो। श्रीमती आएपछि को हो यो बास सास छैन यहाँ ! अन्तै जाने भनेर बास बसिसकेको मान्छेलाई साँझ परे पनि निकालिदिइन्। त्यतिबेला लमजुङका राजा यशोब्रह्म शाहले खजे दुरा र कुशमाकर घिमिरेको सल्लाहमा २२ (बाइस) वटा नियम पास गरेका थिए। त्यसमध्ये एउटा ‘साँझमा आएको पाहुनालाई बास बस्न दिनू बास बस्न आएको मान्छेलाई नफर्काउनू’ भनेका थिए।
त्यसो भएर साँझमा आएका पाहुनालाई कसैले नराम्रो गर्दैनथे। बरु आपूm नखाएर पनि त्यो पाहुनालाई मीठो पकाएर खुवाएर पठाउने चलन थियो। त्यसै भएर त्यतिबेलाका मानिस ठाउँठाउँमा बास बस्न गएका हुन्थे। अनि भानुभक्त अलि पर तारापतिका घरमा गएर बास बसे। जब उनी तारापतिका घरमा गएर बास बसे, खानपिन गरेर सुत्न गए, त्यसपछि त सासू–बुहारी रातभरि झगडा गरेको सुनेछन्। त्यो झगडा गरेको सुनेर रातभरि निद्रा पनि परेनछ। अनि उनलाई लाग्यो। यत्रो धनसम्पत्ति भएको घर छ, नपुग्दो केही छैन। यस्तो सम्पन्न घर छ तर सासू–बुहारी रातभर झगडा गर्दा रहेछन्। जहाँ झगडा हुन्छ त्यहाँ घर खत्तम हुन्छ र सारा घर बिग्रिन्छ। अस्त–व्यस्त हुन्छ। त्यो घर घर न घाटको हुन्छ भन्ने उनलाई लाग्यो।
यस्ता घरझगडा अरू ठाउँमा पनि होलान्, यस्ता घरझगडा कतै पनि नहोस्, मिलेर काम गरून् भनेर उनले एउटा वधू शिक्षा लेखे। मैले भनेको कुरा सबैले माने भने त घरझगडा हुँदैन। सबै राम्रो हुन्छ भनेरै उनले वधू शिक्षा लेखेका थिए। जसले नेपाली समाजलाई योगदान दियो पनि। भानुभक्त विद्वान् थिए। त्यो बेलामा पनि त्यत्रो रामायण त्यस्तो रसिलो पाराले खासै नेपाली भाषा मानक नभइरहेको बेलामा सरस, सरल र मार्मिक तवरले मीठोसँग उल्था गरेर। सारा जनसमक्ष ल्याए उनले। कुनै महिलालाई होच्याउने किसिमले हैन कि कसरी समाज सुधारिएला भनेर खराब आचरणलाई दुरुत्साहित गरेका हुन्।
असल मानिस सधैं असल हुन्छ। असल मानिसलाई खराब कसैले भन्नै सक्दैनन्। असल मानिसलाई भनेकै हैनन्। यसबाट यो बुझिन्छ कि भानुभक्त रोमान्टिक पनि हुनुहुँदो रहेछ। जुवाका दाउको पनि उठान गर्नु भएको छ। त्यहाँ दुक्का, चौका, छक्का आदिको परिचय पनि दिनुभएको छ। त्यतिबेला देशमा कतै हस्पिटलहरू थिएनन्। कसैलाई रोग लाग्यो भने घरायसी आपूmले जानेका सिकेका जडीबुटी प्रयोग गरेर सञ्चो हुन्थ्यो। अनि उहाँले घाउखटिरा, लुतो आदि सञ्चो हुने औषधिका बारेमा पनि उपाय बताउनु भएको छ। यसरी भानुभक्त सबै जनमानसमा भिजेको व्यक्ति हुनुहुन्थ्यो भन्ने कुरा प्रस्ट हुन्छ। अर्को, त्यतिबेला विवाहमा श्लोक हाल्ने चलन थियो। श्लोकको अन्त्यमा जुन अक्षरमा टुंगिएको हुन्छ, त्यही अक्षरबाट श्लोक उठान गर्नुपथ्र्यो। त्यतिबेला श्लोकको ठूलो महिमा थियो अनि उहाँले कहाँ बस्ने कुन–कुन हुन् भनेर पनि बताउनु भएको छ। यसरी भानुभक्त सबैतिर ब्याप्त भएको बुझिन्छ।
फुटकर कवितामा मोतीरामले भानुबारे लेख्नुभएको छ, ‘भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।’ यस श्लोकमा पनि बेलाबेलामा विवाद उठाउने गरेको सुनिन्छ। ठीक छ आपूmले नबुझेका कुराहरू कक्षाकोठामा गुरुहरूसँग सोधेर समाधान गरिन्छ। यहाँ कसलाई सोध्ने त भन्दा यो कुरा सम्पूर्ण जनमानसका बीचमा राखियो, त्यसको उत्तर कवि साहित्यकारहरूले दिनुपर्छ नि। अहँ आजसम्म कसैले कतै दिएको पाइँदैन। जुन कुरा उहिल्यै निमिट्यान्न पार्नुपर्ने थियो। कवि साहित्यकारहरूले पनि जानेर हो अथवा त्यसै हो भनेर हो यसको उत्तर आजसम्म कतै पाइएको छैन।
कविको भाषा कसैले नबुझेर हो अथवा त्यसलाई जानीजानी बंग्याउन खोजिएको हो के हो थाहा छैन। भानुभक्तले भरजन्म घाँसतिर मन दिई धन कमायो, नाम क्यै रहोस् पछि भनेर कुवा खनायो भनेर लेखिदिनु भयो। यसलाई ए ! घाँस काटेर बेचेर धनी भयो र पछि आफ्नो नाउँ रहोस् भनेर कुवा खनायो भन्ने अर्थ लगाइयो। उहाँका परिवारजनलगायत सबै हो ! हो ! भनेर सुनेर बसिरहनु भएको छ। यो हैन। भरजन्म घाँसतिर मन दिइ धन कमायो, यहाँ घाँस काटेर बेचेर धन कमायो कहाँ भनेको छ ? यहाँ त सधैं घाँस काटेर हिँड्ने मानिसले पनि केही समयपछि धन कमायो र पछि आफ्नो नाउँ रहोस् भनेर कुवा खनायो भनेको छ। यस्तो कविको भाषा नबुझेर विवादमा ल्याउने काम गरिएको छ। बुझी, नबुझी जुन हामीले आदि कविलाई होच्याउने काम गरिरहेका छौं। यो काम हामीले गलत गरिरहेका छौं भन्ने लाग्छ।
अर्को ‘घाँसी दरिद्री घरको तर बुद्धि कस्तो, मो भानुभक्त धनि भैकन आज यस्तो’ यस श्लोकमा कसैले के भन्छ कसैले के ! कुनै फेरि यो भानुभक्तले लेखेकै हैनन् यो मोतीराम भट्टले लेखेका हुन् भन्ने पनि सुनियो। यो एकदम अनावश्यक कुरा हुन्। मानिस यसै किन कविलाई उडाइरहेका हुन्छन् ? मोतीरामले आफूले लेखेर भानुभक्तले लेखेका हुन् किन भन्नुपर्यो ? यसरी बुझ्नु कविकै मूर्खता हो। यो हुँदै होइन। किन मो लेखे त ? भन्दा त्यहाँ दीर्घ अक्षर लेख्नुपर्ने भयो। उनले मो भने पनि सबैले म नै सम्झिन्छन् भनेर छन्द मिलाउन मो लेखेका हुन्।
जस्तै स्वस्तिकी पखरा अदालत यहाँ डिट्ढा विचारीहरू, पाउमा परिवित्ती गर्छु अहिले बेरामी छु क्या गरूँ, यहाँ पो लेख्नुपर्ने ठाउँमा उनले प लेखेका छन्। प लेख्दा पनि पो बुझिन्छ भनेर पखरा लेखेका छन्। त्यस्तै म लेख्ने ठाउँमा मो लेखेका सोझै आकलन गर्न सकिन्छ। अस्तु !