सिमलताल दुर्घटना : नारायणी नदीको टापुमा दुई जनाको शव फेला
![सिमलताल दुर्घटना : नारायणी नदीको टापुमा दुई जनाको शव फेला](https://annapurnapost.prixacdn.net/media/albums/Dead_body_2HXJMC5wfw_FpV8XReORR.jpg)
गैंडाकोट : चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये २ जना पुरुषको शव फेला परेको छ। गैंडाकोट नगरपालिका-७ गैरीस्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेर समूहका २ युवाको शव भेटिएको जानकारी दिए। नदीमा माछा मार्नेक्रममा बोटेहरूरुले शव देखेपछि प्रहरीलाई दिउसो ३ बजे खबर गरेका थिए।
एक जनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्नसक्ने अवस्थामै रहेकाले सिमलताल बस दुर्घटनाकै भएको प्रहरीले जनाएको छ। यो खबर तयार पर्दासम्म दुबै जनाको परिचय खुलेको छैन। शवलाई पोष्ट मार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। आज बिहानमात्रै भरतपुर महानगरपालिका-२८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)