वाणगंगा नदी कटानका कारण हरर्दौना गाउँ उच्च जोखिममा

वाणगंगा नदी कटानका कारण हरर्दौना गाउँ उच्च जोखिममा
सुन्नुहोस्

कपिलवस्तु : लगातारको वर्षा पछि कपिलवस्तुको वाणगंगा नदीमा आएको बाढीले नदी कटान गर्न थाले पछि महाराजगंज नगरपालिका-१० हर्दौना गाउँका करिब ७ सय घर उच्च जोखिममा परेका छन्। 

नदी कटानका कारण तटीय क्षेत्रका २ घर विस्थापित भई सकेका छन्। वाणगंगा नदी हरदौना गाउँ नजिकै कटान तीव्र हुन थाले पछि स्थानीय शिवपुजन गोडैत र उनका भाइ निरहु गोडैतलाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए। नदी कटानका कारण घर बास गुमाएर विस्थापित भएका २ परिवारको गाँस र वासको लागि उचित व्यवस्था मिलाई दिन स्थानीय नागरिक तथा राजनीतिक अगुवाहरूले ३ वटै तहका सरकासँग माग गरेका छन्। 

‘ती नदी गाउँ पस्छ की भन्ने डरले हरदौना गाउँका अन्य घर परिवारहरू रातभर जाग्राम बस्ने गरेका छन्। नदीको बहाव बढे सँगै हाम्रो मुटुको धडकन पनि बढ्छ। डर लाग्छ। रात भरी सुत्दैनौं, महाराजगंज नगरपालिका-१० की चिन्की रैदासले भनिन्,‘धान गहुँ खाने खेत त गयो गयो अब घरबास सहित ज्यान नै जाने हो कि भन्ने डर छ।’ हाम्रो बर्सेनि यही समस्या हो तर कसैले सुन्दैन, भावुक हुँदै उनी भन्छिन्।

हरेक वर्ष नदी कटान हर्दौना गाउँ तिर अघि बढे पनि यसको नियन्त्रणका लागि खासै प्रभावकारी काम गर्न नसक्दा नदीले गाउँ बस्ती कटान गर्ने क्रम बढेको हो। हर्दौना नदी तटीय क्षेत्रमा अधिकांश रूपमा दलित समुदायका विपन्न सर्वसाधारणहरू बस्दै आएका छन्। 

बर्सेनि आफूहरूले भोग्दै आएको नदी कटानको समस्या बारे सम्बन्धित निकायले चासो नदिँदा उनीहरू आक्रोशित समेत बनेका छन्। नदी कटानका कारण नदी तटीय क्षेत्रका कृषकहरूको करिब १ हजार विगाहा बढी खेत बगरमा परिणत भई सकेको छ। 
वाणगंगा नदीको दक्षिणी तटीय सीमा क्षेत्र पारी भारतले सिँचाइ प्रयोजनका लागि ठूलो क्षमताको बाँध निर्माण गरेको छ। अघिल्ला वर्षहरूमा सो बाँधमा भारतीय पक्षले ढोका बन्द गरि दिँदा नदी कटान समस्या हुँदै आएको थियो। यस वर्ष भने भारतीय सिँचाइ बाँधको ढोका भने सबै खुला गरिए पनि कटान भने बढ्दै गएको छ। 

भारतीय सरकारले वाणगंगा नदी नियन्त्रणका लागि सन् २०२२ मा ६ अरब रुपैयाँ लगानी गर्न डीपीआर समेत बनिसकेको थियो। तर जेसीआईएफएमको संयुक्त अन्तिम बैठक बस्न नसक्दा सो रकम फुकुवा हुन नसकेको जनताको तटबन्ध कार्यक्रम बुटवलका प्रमुख शम्भु राज पण्डितले बताए। 

वाणगंगा नदीमा लगातार पानीको सतह बढ्दै गए पछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन लगातार आग्रह गर्दै आएको छ। वाणगंगा नदीको बाढी तथा कटानबाट हाल सम्म ठूलो क्षति हुन नपाएको जिल्ला प्रकाशन कार्यालयले जनाएको छ। सम्भावित क्षति प्रति स्थानीय प्रशासन सतर्क र सचेत अवस्थामा रहँदै आएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए। 

वाणगंगा नदीले पश्चिम तटीय क्षेत्र हरदौना गर्दै आएको नदी कटान जस्तै समस्या पूर्वी तटीय क्षेत्र यशोधरा गाउँपालिका खोरिया गाउँका सर्वसाधारणहरूले समेत भोग्दै आएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.