त्रिशूलीको तीर, सधैं पिर

त्रिशूलीको तीर, सधैं पिर

चितवन :

 दुर्घटना १ : २०५० साल जेठ ३ गते नेकपा (एमाले) का तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जिप त्रिशूली नदीमा खस्दा दुवैको मृत्यु भयो। दासढुंगामा भएको उक्त दुर्घटनाको कारण भने अझै रहस्यपूर्ण नै छ।

दुर्घटना २ : पूर्वमुख्य सचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार २०७३ असोजको ९ गत त्रिशूली नदीमा खस्यो। पृथ्वी राजमार्गको मुग्लिन– कुरिनटार सडक खण्डको बीचमा पर्ने घोप्टेभिरबाट त्रिशूलीमा खसेको घिमिरे चढेको स्कोपियो गाडी भेटिएन। सबै संयन्त्र प्रयोग गर्दा पनि घिमिरेको शव र बा ९ च १५३१ नम्बरको गाडी पत्ता लागेन। धेरै दिन लगाउँदा पनि न घिमिरेको शव भेटियो न गाडी नै। घिमिरे चढेको गाडी खसेको एक साताअघि त्यही ठाउँमा मालवाहक ट्रक खसेर बेपत्ता भयो।

दुर्घटना ३ : २०७३ साल भदौ १० गते नारायणघाट मुग्लिन सडकको कालीखोला नजिकबाट बस खस्दा २१ जनाको ज्यान गयो। रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस मुग्लिन सडकखण्डको कालीखोला नजिक त्रिशूलीमा खसेको थियो। 

दुर्घटना ४ : २०७४ असार ९ गते कालीखोलामा पहिरो हटाउन गएको इलाका प्रहरी कार्यालय मुग्लिनको ना १ झ १३९० नम्बरको भ्यान पहिरोले बगायो। दुई जनाको मृत्यु भयो। दुई बेपत्ता भए। राति ११ बजे गएको पहिरो सफा गरेर १ बजे मुग्लिन फर्कंदै गर्दा कालीखोला नजिक अर्को पहिरोमा परेको थियो। प्रहरी जवान सन्दीप कार्की र लीलबहादुर चेपाङ बेपत्ता भए। 

null

दुर्घटना ५ : २०७६ जेठ ५ गते धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ बञ्छेटारमा त्रिशूली नदीमा आइतबार बिहान रात्रिबस खस्दा ८ जनाको ज्यान गएको थियो। २०७४ कै कात्तिक ११ गते कात्तिक बिहान सप्तरीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेर ३३ को मृत्यु भएको थियो। 

दुर्घटना ६ : २०७६ साउन २६ गते पृथ्वी राजमार्गको धादिङ खण्डबाट शुक्रबार सबेरै एउटा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ९ जनाले ज्यान गुमाए। त्यसको दुई महिनाअघि पनि धादिङमै त्रिशूली नदीमा काँकडभिट्टाबाट राजधानी आइरहेको अर्को यात्रुवाहक बस खस्दा कम्तीमा १५ जनाको ज्यान गएको थियो।

दुर्घटना ७ : २०८० चैत १७ गते काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको थियो। 

 दुर्घटना ८ : २०६९ साउन १, पृथ्वी राजमार्गको कृष्णभीर सडकबाट सोमबार बिहान त्रिशूली नदीमा यात्रुवाहक बस खस्दा १६ जनाको मृत्यु भएको थियो। त्यसबेला क्रेन लगाएर नदीबाट बस निकालेपछि शव भेटिएको हो। उदयपुरको कटारीबाट काठमाडौं हिँडेको ना २ ख ४९५१ नम्बरको बस नदीमा खसेको थियो।

दुर्घटना ९ : २०८० भदौ ६ गते धादिङको गजुरी–२ चालिसेबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको भयो। आठ जनाको उद्धार गरियो। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ बस गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो।

त्रिशूलीमा सवारी साधन खसेका माथिका केही सीमित घटना हुन्। यस्ता सयौं दुर्घटना यस नदी किनारमा भइसकेका छन्। बर्खाको बेला त यो सडक यात्राका लागि अति जोखिमपूर्ण मानिँदै आएको छ। 

पछिल्लो समय शुक्रबार बिहानीपख हराएका दुइटा बस र ५० भन्दा बढी यात्रु अझै फेला परेका छैनन्।

जोखिमको यात्रा

त्रिशूलीको किनारमा रहेको नारायणघाट मुग्लिन सडक र मुग्लिनबाट गल्छीसम्मको पृथ्वी राजमार्गमा जोखिम मोलेर सवारी चलाउनुपर्छ।

अलिकति मात्रै गल्ती भयो भने सोझै त्रिशूलीमा सवारी साधन खस्छ। सडकमा सवारी संख्या बढेसँगै दुर्घटना पनि उत्तिकै बढिरहेको छ। माथि पहिरोको डर, तल गहिरो त्रिशूली। कयौं सवारीसाधन त्रिशूलीमा गायब भएका छन्। यो सडक खण्डमा थुप्रै दुर्घटना भए, हजारांैको ज्यान गयो। तीमध्ये धेरैलाई त्रिशूलीले बेपत्ता बनाएको छ। देख्दा समान्य भए पनि त्रिशूलीको तीर सधैंको पिर बनेको छ। पीडादायी बन्दै आएको छ, यो सडकका चालकका लागि।null 
पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवन खण्डका दुर्घटनाका अति जोखिमयुक्त क्षेत्र हुन्। जहाँ सानादेखि ठूला दुर्घटना भएका छन्। कयौं गाडी डुबेका छन्। मुलुकको लाइफ लाइनका रूपमा चिनिएको सडक सबैभन्दा बढी जोखिमयुक्त छ। यात्रा सुरु गरेपछि गन्तव्यमा नपुग्दासम्म भन्न नसकिने अवस्था छ। दैनिक २० हजार सवारीसाधन चल्छन्। ज्यान हत्केलामा राखेर त्रिशूलीको किनारैकिनार सवारी चलाउनु रहर होइन धेरैको बाध्यता हुन्छ। सवारीसाधन सडकबाट थोरैमात्रै चिप्लियो भने पनि सोझै त्रिशूलीमा खस्छ। 

२०७५/७६ साउनमा त्रिशूली नदीमा साना ठूला गरी १९ वटा सवारीसाधन खस्दा ५१ जनाले ज्यान गुमाएका थिए भने ९० जना घाइते भएका थिए। यसको अघिल्लो आर्थिक वर्षमा धादिङमा ९५ वटा र चितवनमा ९२ वटा दुर्घटनाहरू भएका छन्। ती दुर्घटनामा कम्तीमा १ सय १६ जनाको मृत्यु भएको र ६ सय २३ जना घाइते भएका थिए।

nullनारायणघाट मुग्लिन सडक र पृथ्वी राजमार्गको जोखिम नभएका स्थानमा पनि दुर्घटना हुने गरेको छ। सुरक्षा अधिकारीहरू दुर्घटना हुनको कार चालकको लापरबाही बताउँछन्। तीव्र गतिमा हुँइक्याउनु र चालक निदाउनु मुख्य कारण हो। लामो दूरीका सवारी चालकहरू निदाएका कारण दुर्घटना भएका घटना छन्।

दुर्घटनाकोे अर्को कारण सडकको अवस्था हो। लाइफ लाइनको रूपमा जोडिएको सडकको अवस्था अत्यन्तै कमजोर छ। सडकमा खाल्डाखुल्डी, भत्किएको ठाउँमा तत्कालै पुनर्निर्माण नहुँदा जोखिम बढेको छ। वर्षात्को समयमा पानीले सडक झनै बिगारेका छ। 

राजमार्गमा क्षमता भारको मापन नहुँदा पनि कमजोरी हुने गरेको छ। सरकारी मापदण्ड कार्यान्वयन फितलो छ। यसको चेकजाँचमा कडाइ भएको देखिँदैन। स्तरोन्नति भए पनि नारायणघाट मुग्लिन सडकमा पहिरोको जोखिममा कत्ति पनि कमी भएको छैन। भौगोलिक बनोटको कुरा गरेर पन्छिए पनि पहिरो रोकथामको काम प्रभावकारी भएको देखिँदैन। अध्ययनमै सीमित फाइलका कारण यो सडक खण्डमा पहिरो वर्षात्मा बढी हुने गरेको छ। 

nullचालकको लापरवाहीले पनि दुर्घटना बढेको छ। सडक अनुशासन पालनमा चालक गैरजिम्मेवार देखिन्छन्। चालकको कार्यदक्षताको विषयमा बेलाबखतमा प्रश्न नउठेको होइन। तीव्र गति, ओभरटेकका कारण धेरै दुर्घटना भएका छन्। सधैं दुर्घटनाको जोखिम भएको त्रिशूली किनारमा सावधानीका लागि कोही जिम्मेवार देखिँदैनन। दुर्घटनाको खबरपछि तात्तिने सडक सुरक्षा घटनासँगै सेलाउँछ।

दुई जनाकोे शव फेला

 चितवनको सिमलताल बस दुर्घटनामा बेपत्ता भएकामध्ये दुई जना पुरुषको शव फेला परेको छ। गैंडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा २ जनाको शव फेला परेको हो। 

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले अन्दाजी २५/३० वर्ष उमेरसमूहका दुई युवाको शव भेटिएको जानकारी दिए। नदीमा माछा मार्ने क्रममा बोटेहरूले शव देखेपछि प्रहरीलाई दिउँसो ३ बजे खबर गरेका थिए।

एक जनाको छातीमा र अर्का युवकको अनुहारमा चोट लागेको, शव पहिचान गर्न सक्ने अवस्थामै रहेकाले सिमलताल बस दुर्घटनाकै भएको प्रहरीले जनाएको छ। यो खबर तयार पर्दासम्म दुवै जनाको परिचय खुलेको छैन। शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ। शनिबार बिहानमात्रै भरतपुर महानगरपालिका–२८ गोलाघाटमा बेपत्ता बसका एक यात्रुको शव भेटिएको छ। 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.