एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

एमाले अध्यक्ष ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदै
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली अपराह्न ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमा आज सकिएपछि नयाँ प्रधानमन्त्री नियुक्ति गर्न लागेका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ मा प्रतिनिधि सभाबाट विश्वासको मतको लागि राखेको प्रस्ताव प्रतिनिधि सभाबाट बहुमतले अस्वीकृत भएको थियो। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री दाहालको पक्षमा ६३ मत आएको छ भने विपक्षमा दुई तिहाइभन्दा बढी १९४ मत परेको थियो।

सो जानकारी पाएलगत्तै संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि राष्ट्रपतिले आइतबार अपरान्ह ५ बजे  भित्र पेश गर्न आव्हान गरेका छन्। राष्ट्रपतिको आह्वान गरेपछि शुक्रबार एमालेका अध्यक्ष ओलीले कांग्रेसको समर्थनमा सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।

राष्ट्रपतिको कार्यालयका अनुसार तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने जनाएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति आजै हुने भएपनि शपथ कार्यक्रम भने सोमबार हुने सम्भावना रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पुनः चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन्। 

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्।एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसका एक नेताका अनुसार गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन्। 

२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएको थियो। सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो। त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए। त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन विद्राही नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकार बर्हिगमन गराएका थिए।  अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्। दाहाल र नेपाल भने देउवा ओलीको विपक्षमा छन्। तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको छ। दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बन्दै छन्।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.