परराष्ट्र सम्बन्धलाई सबै मिलेर सुदृढ बनाउनुपर्छ : परराष्ट्रमन्त्री राणा


काठमाडौं : नवनियुक्त परराष्ट्र मन्त्री आरजु राणाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्ने बताएकी छन्। सोमबार मन्त्रालयमा पद बहाली गर्दै मन्त्री राणाले नेपाल असंलग्न आन्दोलन र पञ्चशीलको सिद्धान्तमा विश्वास गर्ने मुलुक भएकाले सबै छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी अघि बढ्नुपर्नेमा जोड दिइन्।

‘यो इतिहासकै एउटा जिम्मेवारी हो। हाम्रो सानो भूपरिवेष्ठित राष्ट्र हो। हामी एकदम ठूलो देशहरूको बीचमा छौं। पूर्वजहरूले हाम्रो देशलाई अहिलेसम्म बचाएर ल्याएको, हाम्रो एउटा पराधीन हुन नपरेको इतिहास छ। यो इतिहास हामीले अब आउने पिढीका लागि कायम राख्नुपर्छ। यो काम सबैभन्दा धेरै नेतृत्व गरेर लैजाने परराष्ट्र मन्त्रालय नै हो,’ उनले भनिन्। यो ठूलो सेना भएको देश पनि होइन, पञ्चशीलमा विश्वास गर्ने देश भएको उनको भनाइ छ।

मुलुकको सार्वभौमसत्ता र स्वतन्त्रता इतिहासदेखि नै सुरक्षित रहेको भन्दै उनले यसलाई अक्षुण्ण राख्नुपर्ने दायित्व सबैको भएको जिकिर गरिन्। राणाले नेपालले विभिन्न अन्तर्राष्ट्रिय सन्धि, सम्झौता र प्रतिबद्धता गरेको तथा त्यसको कार्यान्वयनबाट आर्थिक कूटनीतिलाई अघि बढाउन योगदान गर्न सकिने विश्वास व्यक्त गरिन्। 

‘देशको समृद्धिमा पनि परराष्ट्र मन्त्रालयले धेरै ठूलो भूमिका खेल्न सक्छ। विभिन्न देशसँग पनि हामीले दौंत्य सम्बन्ध राखेका छौं। यसलाई अझ प्रभावकारी बनाउनु पर्नेछ,’ उनले भनिन्। उनले हमास आक्रमणमा बेपत्ता विपिन जोशीको खोजी गरी फिर्ता ल्याउन पहल गर्ने बताइन्।

सो क्रममा उनले विभिन्न मुलुकका राष्ट्रिय दिवस तथा नेपालसँगका सम्बन्धबारे पठाउनुपर्ने सन्देशलाई व्यवस्थापन गर्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.