वीरगन्ज-पथलैया सडक खण्डमा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर

वीरगन्ज-पथलैया सडक खण्डमा बस दुर्घटना: १५ घाइते,३ को अवस्था गम्भीर
तस्बिर : माही अलीबाट सौजन्य
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज–पथलैया सडकखण्डमा  यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

चितवनको नारायणगढबाट पर्साको वीरगन्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ स्थित डाबर नेपाल प्रालि नजिकको सडकमा मंगलबार बिहान ११ बजेतिर अनियन्त्रित भइ पल्टिएको हो । 

दुर्घटनाका घाइते तीनजनाबाहेक अन्यको अवस्था मध्यम र सामान्य रहेको जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख भाष्कर खतिवडाले  जानकारी दिए।

घाइते सबैको वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अअस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.