चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा लगाए आगो

चितवनमा रेलमार्गको अवलोकन गर्न आएको टोलीमाथि आक्रमण, गाडीमा लगाए आगो

चितवन: चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोली चढेको गाडीमाथि आगजानी भएको छ। भरतपुर महानगरपालिका - ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमणको प्रयास समेत गरे।

बुधबार दिउँसो भरतपुर महानगरपालिका -७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी  गरिदिएका हुन्। प्रस्तावित पूर्वपश्चिम रेलमार्गको  गुगल म्याम सर्भे गर्न आएका कर्मचारीमाथि आक्रमणको प्रयास भएको हो।

भरतपुर महानगरपालिकाको दमकलले  आगो निभाएको हो।  केही स्थानीयले चालकबाट चाबी खासेर गाडी नियन्त्रणमा लिएर आगजनी गरेका हुन्।

मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

 

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.