बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति

बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति
बाढीले भत्काएको निकुञ्जभित्रको पुल। तस्वीर सौजन्य : मनोज ऐर
सुन्नुहोस्

महेन्द्रनगर : गत असारमा आएको अविरल वर्षापछिको बाढीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा क्षति गरेको छ।

चौधर नदीको बाढी निकुञ्जभित्र पसेपछि डुबानमा परेर थुप्रै वन्यजन्तु मरेका छन् भने भौतिक संरचनामा समेत क्षति गरेको निकुञ्ज कार्यालयले जनाएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले चौधर नदीसँगै जोडिएको निकुञ्जको लालपानी, राधापुर र मोहनपुर क्षेत्रमा डुबानमा परेर ४ वटा लघुना र १ चित्तल मरेको अवस्थामा भेटिएको जानकारी दिए। 

null

'चौधर नदीको बाढी निकुञ्जपस्दा नदी क्षेत्रका वन्यजन्तु प्रभावित बनेका छन,' उनले भने, 'केही वन्यजन्तु मरेका अवस्थामा फेला पार्‍यौं।' उनका अनुसार निकुञ्जभित्रका विभिन्न नदी नालामा रहेका एक दर्जन बढी काठे पुल र पक्की पुल बगाएको छ। 'पर्यटक पथमा रहेका काठे पुल र पक्की पुल बगाएको छ। जसका कारण अनुगमन तथा गस्ती गर्नसमेत समस्या भएको छ,' उनले भने। 

यसपटक महाकाली नदीको पानी भने निकुञ्ज पस्न पाएन। 'विगतमा महाकाली नदी निकुञ्ज पस्ने र कटान हुने गर्थ्यो। यसपटक महाकालीको बाढी निकुञ्जभित्र आउन पाएन,' ऐरले भने, 'जसले गर्दा शुक्लाफाँटाको बाह्रसिंगाको बासस्थानमा क्षति हुन पाएन।'

null

बाढीले पुल बगाएपछि बर्कोला भएर निकुञ्ज प्रवेश गर्ने बाटो अवरुद्ध भएको छ। त्यसैगर बाढीले निकुञ्जको हिरापुरमा रहेको कृष्णसार संरक्षित क्षेत्रमा समेत क्षति पुर्‍याएको संरक्षण अधिकृत ऐरले बताए। 'कृष्णसार संरक्षित क्षेत्रमा पनि तारबार भत्काएको छ। निकुञ्ज कार्यालयमा समेत बाढीले क्षति गरेको छ,' उनले भने। निकुञ्ज कार्यालय र निवाससमेत डुबानमा परेपछि कार्यालयका फाइलहरूमा क्षति भएको छ।

null

nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.