मुस्लिम-हिन्दू समुदायले मनाए मोहर्ररम पर्व

मुस्लिम-हिन्दू समुदायले मनाए मोहर्ररम पर्व
मुस्लिम तथा हिन्दु समुदायले निकालेको ताजिया कपिलवस्तु नगरपालिका वडा नं. २ स्थित करवलामा विसर्जन गर्दै। तस्बिर  : गोपाल भण्डारी
सुन्नुहोस्

कपिलवस्तु : लुम्बि नी प्रदेशका कपिलवस्तु, रुपन्देही, नवलपरासी लगायत तराई मधेसका मुस्लिम समुदाय समुदाय र हिन्दू समुदायले समेत आज मोहर्ररम पर्वलाई शोक पर्वको रुपमा मनाएका छन्।

बुधबार साँझ मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ। ईस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हुसैनको शहादत (शोक)मा यो पर्व मनाइने गरिन्छ। धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ। सद्भावको प्रतिकको रुपमा रहेको यो पर्वमा वर्षेनी श्रद्धालु बढ्दै गएका छन्। हिन्दु र मुस्लिम दुवै समुदाय उत्तिकै आस्था राखी हिन्दु धर्मालम्बीहरू पनि मुस्लिम जस्तै तजिया बनाई विधिवत रुपमा पूजाअर्चना गर्न थालेका छन्।

सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदादभन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा शुरु भएको हो। हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाईने गरिन्छ। 

ईस्लामिक धर्मको नयाँ वर्षका दिन सुरु हुने मोहर्रमका १० दिनसम्म फरकफरक तरीकाले मनाइन्छ। मोहर्रमको १० तारिखलाई महान दिन असुरा पनि भनिन्छ। सन् ६८० अक्टोबर १० तारिखका दिन इराकको राजधानी बगदाद भन्दा सय किलोमिटर टाढा उत्तर पूर्वको करबलामा यजिदी फौजसँगको धर्मयुद्धमा सहादत प्राप्त गरेका हुसैनको सम्झनामा ताजिया बनाई मोहर्रम पर्व मनाउने परम्परा सुरु भएको कपिलवस्तु नगरपालिका वडा नं. १ का मुस्लिम अगुवा रउफ अहमद खांले बताए। हसन तथा हुसेनको प्रतिक स्वरुप बासको ढाँचामा बिभिन्न रङगिचङगी कागज बेरी तजिया बनाइलदञ१२त्र
५ने गरिन्छ। 

यसैले यो शोक दिनको सम्झनामा मस्जिदमा कुरान पाठ गरिनुका साथै बेलुकी खिचडा (खाने पकवान) बनाएर बाँडिन्छ। घरमा बनाइएका ताजियाहरू नजिकको कर्बला(रण)मा पुगेर विभिन्न परम्परागत खेल तमासा तथा ताजियालाई विभिन्न सामग्री अर्पण गरि यो पर्व मनाइएको कपिलवस्तु नगरपालिका शिवमन्दीर टोलका खुर्सेद अहमद खांले बताए।
 
भाकल गर्नेहरुले आफ्नै लागतमा ठूलो ताजिया बनाउने पनि गर्छन्। विशेषगरी मोहर्रम पर्व मुस्लिम समुदायले मनाउने भए पनि भाकल पूरा भएको भन्दै अधिकांश हिन्दु धर्मावलम्बीले पनि ताजिया राख्ने गरेको यशोधरा गाउँपालिका वडा नं. ३ हर्दिहवाका गिरधारी लाल यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.