सडक पिच भएपछि मल्लाज चिटिक्क (फोटोफिचर)

सडक पिच भएपछि मल्लाज चिटिक्क (फोटोफिचर)
पर्वतको जलजला गाउँपालिकाको मल्लाजको बस्तीभित्र हालै कालोपत्रे भएको सडक।  तस्बिर : सन्तोष गौतम
सुन्नुहोस्

बेनी : पर्वतको जलजला गाउँपालिकाको तीनवटा वडा समेटिएको मल्लाजको बीच भागमा रहेको सडक कालोपत्रे भएको छ। मल्लाज म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको बाक्लो जनघनत्व रहेको बस्ती हो। 

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले मल्लाजलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गरेको हो। जलजला गाउँपालिका–३ का वडा अध्यक्ष एकीन्द्र खत्रीले वडा नं. ४ को दोवदोवेदेखि वडा न. ३ र २ को मल्लाज हुँदै वडा नम्बर १ बाँसखर्कको सिमानासम्म ३ किलोमिटर १०० मिटर कालोपत्र र २५० मिटर सडक ढलान भएको बताए। 

null

‘वि.स. २०५४ तिर ट्रयाक खनेको यो सडक करिब ३ दशकपछि स्तरोन्नति भयो,’ उनले भने, ‘५ किलोमिटर कालोपत्रे र ढलान गर्ने भनिए पनि आर्थिक वर्ष २०८१/०८२ को बजेटमा कार्यक्रम परेन। कतिपय ठाउँमा जग्गाको विवादले पूरा काम नगरी ठेकेदार गए।’ 

वर्षौंको प्रतिक्षापछि गाउँको बीच भागमा रहेको सडक कालोपत्र भएपछि सफा र चिटिक्क देखिएको छ। हिउँदमा धुलो र बर्खामा हिलोको समस्या हटेकोमा जलजला–४ हटियाका जनक अधिकारीले खुसी व्यक्त गरे। 

‘मल्लाजमा बाटो पिच भएपछि रौनक छाएको छ,’ उनले भने, ‘जनप्रतिनिधि र कार्यालयले सहजीकरण, समन्वय गरेर सबै ठाउँमा ढलान, कालोपत्र गराउन सकेको भए झनै राम्रो हुने थियो।’ ५ मिटरका दरले प्रिमिक्स प्रबिधिको कालोपत्रे भएको छ।

 null

सडक निर्माणका लागि २०७९ असार १९ गते आयोजना र गणेशकुण्ड आइएम जेभीबीच ११ करोड १२ लाख ३१ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले निर्धारित १८ महिनामै सम्पन्न गर्ने लक्ष्य सहित काम गरेपनि बजेट अभाव र योजनानै काटिएपछि तोकिएको परिणामको काम सकेर ठेक्का टुंग्याउने प्रक्रीयामा रहेको जनाएको छ। 

यो सडकबाट जलजला गाउँपालिकाको १, २, ३ र ४ नम्बर वडाका बासिन्दा लाभान्वित भएका छन्। जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रूपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवन लगायत पूर्वाधारका आयोजना सञ्चालन गरिएको बताए। यसअघि २ करोडको लागतमा स्तरोन्नति गरिएको पर्वतबेनी–मल्लाज सडकको बाँकी काम सम्पन्न गर्न यस वर्ष ५० लाख विनियोजन गरेको उनले बताए। 

संघीय सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत मल्लाज–लेकफाँट सडक स्तरोन्नति गर्न ३७ करोडको आयोजना कार्यान्वयनमा छ। रायमाझी कन्सट्रक्सन प्रालिले ठेक्का लिएको यो सडकको ढलान गर्ने काम सकिएको र आगामी असोजमा कालोपत्रे गर्ने तयारी भएको जलजला–२ का वडा अध्यक्ष प्रकाश जिसीले बताए। मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक ७ मिटर चौडाइका दरले कालोपत्र र ढलान गर्न नालीर्को काम अन्तिम चरणमा पुगेको छ। nullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.