उपल्लो मुस्ताङले पर्यटकबाट एक वर्षमा उठायो १६ करोड ७० लाख राजश्व

उपल्लो मुस्ताङले पर्यटकबाट एक वर्षमा उठायो १६ करोड ७० लाख राजश्व
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : आर्थिक वर्ष २०८०/०८१ मा उपल्लो मुस्ताङ घुम्ने पर्यटकबाट १६ करोड ७० लाख ४८ हजार राजश्व संकलन भएको छ । निषेधित तथा नियन्त्रित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्न जाने कूल २ हजार ५१२  जना पर्यटकबाट नेपाल सरकार अध्यागमन विभागले उक्त राजश्व संकलन गरेको हो ।

उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको तथ्यांक इलाका प्रहरी कार्यालय छुसाङले विवरण संकलन गर्ने गरेको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ भोजराज पाण्डेयले गत आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ५१२ जना विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेको बताए । प्रनाउ पाण्डेयले यसअघि विदेशी पर्यटक मात्रै अभिलेख राख्ने गरिएकोमा चालु आर्थिक वर्षदेखि नेपाली आन्तरिक पर्यटकको समेत अभिलेख राख्न सुरु गरिएको जानकारी दिए ।

उत्तरी चीनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङ जाने विशेष प्रकारका भीआईपी प्रवेश अनुमति लिनुपर्ने हुन्छ । मुस्ताङको कागबेनीदेखि माथिल्लो क्षेत्रलाई सरकारले नेपाल सरकारले निषेधित तथा नियन्त्रित क्षेत्रमा सूचिकृत गरेकाले सबै खाले पर्यटक उपल्लो मुस्ताङ पुग्न सक्तैनन् । 

अध्यागमन विभागमा दैनिक ५० डलरको हिसाबले १० दिनका लागि ५ सय डलर रोयल्टी शुल्क बुझाएपछि मात्रै उपल्लो मुस्ताङ जान विदेशी पर्यटकलाई अनुमति दिइने गरिएको छ ।  सरकारको अनुमतिसहित ५ सय डलर तिरेर उपल्लो मुस्ताङ पुगेका पर्यटकलाई १० दिने कटेमा दैनिक ५० डलरका हिसाबले अतिरिक्त शुल्क लिने गरिएको छ ।
 
आर्थिक वर्ष २०८०/०८१ मा कूल १ लाख ८ हजार ४४८ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गर्दा  २ दशमलव ३१ प्रतिशत विदेशी पर्यटकले मात्रै उपल्लो मुस्ताङको भ्रमण गरेका हुन् । उपल्लो मुस्ताङ हरियाली बिनाको पठार भूगोल,अथाह धार्मिक,सांस्कृतिक र ऐतिहासिक सम्पदा र तिब्बतीय कलासंस्कृति र स्थानीय रहनसहन अवलोकन गर्न पाईने भएरै पनि सरकारको चर्को पर्यटक रोयल्टी शुल्कका कारण मुस्ताङ भित्रिने अधिकांश विदेशी पर्यटक उपल्लो मुस्ताङ नपुगीकनै  कागबेनी र मुक्तिनाथ क्षेत्रबाट तल फर्किने गर्छन् ।

राष्ट्रिय गौरवको जोमसोम-कोरला सडक मार्ग सहज हुँदै गएपनि सरकारले लिने चर्को रोयल्टी शुल्ककै कारण उपल्लो मुस्ताङमा विदेशी पर्यटकको न्यून उपस्थिती हुने गरेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । उपल्लो मुस्ताङमा चर्को रोयल्टी शुल्कका कारण विदेशी पर्यटक आउन नसकेका कारण त्यहाँका पर्यटन व्यवसायले पटक/पटक उपल्लो मुस्ताङलाई निषेधित तथा नियन्त्रित क्षेत्रबाट मुक्त गरिनु पर्ने माग राख्दै आइरहेका छन् ।  सकेसम्म उपल्लो मुस्ताङलाई खुल्ला वा नभएमा चर्को रोयल्टी शुल्कलाई कम गर्नुपर्ने त्यहाँ पर्यटन व्यवसायीको भनाइ छ ।

सरकारले उपल्लो मुस्ताङबाट बर्सेनि करोडौं राजश्व संकलन गर्ने भएपनि स्थानीय स्तरमा कुनै बेनिफिट प्राप्त नभएको त्यस क्षेत्रको गुनासो छ । उनीहरूले सरकारले पर्यटन वापत उठाउने राजश्व शुल्कको केही हिस्सा त्यहाँको विकासमा खर्चिनु पर्ने बताउँछन् ।

उपल्लो मुस्ताङमा विेशेषत भदौंदेखि मंसिरसम्म विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमण गर्न जाने गर्छन् ।  उपल्लो मुस्ताङको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र तिजी पर्वमा विदेशी पर्यटकको बाक्लो उपस्थिती हुने गर्छ । चर्को रोयल्टी शुल्क तिरेर उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकहरु लोमान्थाङ गाउँपालिकाको नेचुङबाट माथि जान पाइँदैन ।

यस्तै आर्थिक वर्ष २०८०/०८१ मा राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत लमजुङको बेसी सहरदेखि मनाङ हुँदै कुल २० हजार ३४८ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले उल्लेख गरेको छ । जसमध्ये १७ हजार४३८ जना विदेशी र २ हजार ९१० जना आन्तरिक पर्यटक मनाङबाट थ्रोरङलापास हुँदै मुस्ताङ भित्रिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.