राष्ट्रियसभा गृह परिसर डुवानमा


काठमाडौं : काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह परिसर जलमग्न बनेको छ। बुधबार राति परेको भारी वर्षाका कारण जमेको पानीको उचित निकास नहुँदा सभागृह परिसर जलमग्न भएको हो। ठूलो पानी पर्नासाथ परिसर जलमग्न हुने गरेको छ । 

null

सभागृहमा भुइँतलामा रहेको मेट्रो एफएमको कार्यालयभित्रै पानी पसेको छ। काठमाडौं महानगरको मातहतमा रहेको सभा गृहमा महानगरकै केही कार्यालय अझै छन् । महानगरको ती कार्यालय रहेको भवनमा पनि पानी छिरेको छ। 

null

यसअघि काठमाडौं महानगरका मेयर बालेन साह र उपमेयर सुनिता डंगोलको कार्यालय पनि यही थियो ।कमलादीमा कार्यालय तयार भएपछि मेयर उपमेयरको कार्यालय कमलादी सारिएको हो । जलमग्न भएको परिसरको पानी पम्प लगाएर तानेर बाहिर फालिएको छ ।

nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.