बागलुङ बजारको खानेपानीमा लापरबाही

बागलुङ बजारको खानेपानीमा लापरबाही
सुन्नुहोस्

बागलुङ नगर खानेपानी तथा सरसरफाइ उपभोक्ता संस्थाले खानेपानीमा गम्भीर लापरबाही गरेको छ। बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ (बजारक्षेत्र समेत)मा खानेपानी वितरण गर्दै आएको संस्थाले मानव स्वास्थ्यमा गम्भीर खेलवाड गर्दै किटाणु मार्ने औषधि (क्लोरिन पाउडर) नै प्रयोग नगरी पानी वितरण गरेको पाइएको हो।

नगर खानेपानी संस्थाले रिजर्भवायर ट्यांकीमा बुधबार साँझदेखि किटाणु मार्ने औषधि क्लोरिन  पाउडर प्रयोग नगरेको पाइएको हो। संस्थामा भएको पाउडर सकिएको र खरिद नगरेको कारण बुधबार बेलुका ६ बजेदेखि पाउडर नहालिएको संस्थाका कर्मचारीले बताए। नगर खानेपानी संस्थामा क्लोरिन पाउडर प्रयोग गर्ने जिम्मा पाएका कर्मचारी किरणबहादुर कुमालले बुधबार बेलुकादेखि खानेपानीमा पाउडर प्रयोग नगरी वितरण गरिएको बताए।

कुमालले संस्थामा भएको पाउडर सकिएको संस्थामा जानकारी गराए पनि उपलब्ध नगराएको बताए। ‘बुधबार बेलुका ६ बजेदेखि क्लोरिन पाउडर सकिएको हो,’ कर्मचारी कुमालले भने, ‘पाउडर सकिन लागेको बेला र सकिएपछि पनि सुपरभाइजर, कार्यालय प्रमुख र कोषाध्यक्षलाई खबर गरेको थिएँ। कोषाध्यक्षले भए प्रयोग गर्न र नभए नगर्न भन्नुभयो।’ पानीलाई शुद्ध बनाउन नगर खानेपानी संस्थाले दैनिक तीनपटक क्लोरिन पाउडर प्रयोग गर्दै आएको थियो। 

क्लोरिन पाउडर सकिएपछि नगर खानेपानीको ‘अटोमेटिक डोजिङ पम्प’ बन्द गरिएको छ। बागलुङ नगर खानेपानीले रेशको मुहान र कालीगण्डकीबाट बागलुङ नगरपालिका–३ रात्माटास्थित रिजर्भवायर ट्यांकीमा ल्याएको पानीलाई शुद्ध गराउन क्लोरिङ गर्दै आएको छ। पानी फिल्टर भए पनि किटाणु मारेर शुद्ध बनाउन क्लोरिन प्रयोग गरिँदै आएको कर्मचारीहरू बताउँछन्। कुमालले संस्थाले क्लोरिन पाउडर ल्याइदिएमा आफूले प्रयोग गर्ने बताउँछन्। ‘कार्यालय र समितिले पाउडर ल्याइदिए मैले २४ सै घण्टा प्रयोग गर्छु,’ उनले भने, ‘उहाँहरूले ल्याउन सक्नु हुँदैन मैले के गर्ने ?’ पानीमा क्लोरिन पाउडर प्रयोग नगरिए पनि वितरण नरोकिएको बताए। खानेपानीको नयाँ समितिले रिजर्भवायर ट्यांकीको अवस्था र वितरण कसरी भइरहेको छ भनेर वास्तै नगरेको कर्मचारीको भनाइ छ। ‘समितिका नयाँ पदाधिकारी र सदस्यहरू रिजर्भवायर ट्यांकीको अवस्था के छ, कस्तो छ भनेर हेर्न नै आउनु हुँदैन’ उनले भने, ‘कहिले काही आए पनि पहिलेको समिति जस्तो खानेपानीको अवस्था के कस्तो छ भनेर बुझन अहिलेको समिति आउनु हुँदैन।’ रिजर्भवायर ट्यांकीको पश्चिमको भागमा गत वर्ष र पूर्वतिरको भागमा यस वर्ष पहिरो गएको छ। हरेक वर्ष पहिरो जाँदा रिजर्भवायर ट्यांकी जोखिममा परेको कुमालले बताए। उनले ट्यांकी वरिपरि घेरावाल तारबार नगरिएको र पहिरोको जोखिममा हुँदा राति पानी पर्दा जागराम बस्नुपर्ने अवस्था रहेको बताए।

संस्थाका सचिव जीवन आचार्यले क्लोरिन पाउन्डर आउन दुई, तीन दिन लाग्ने बताए। उनले पाउडर सकिनु एक, दुई दिन अगाडि मात्र थाहा भएकाले काठमाडौंबाट मगाइएको बताए। ‘हामीलाई एक, दुई दिन अगाडि मात्र क्लोरिन पाउडर सकिन लागेको थाहा भएको हो,’ सचिव आचार्यले भने, ‘पहिले नै थाहा भएको भए समयमै खरिद गर्न सकिन्थ्यो। अब दुई, तीन दिनमा मात्र आउने र त्यसपछि पाउडर राख्छौं।’ उनले उक्त पाउडर पोखरामा नपाइने 
र काठमाडौंमा मात्र पाइने हुँदा आउन समय लाग्ने बताए।

पाउडर नआउँदासम्म बजारवासीले पानी उमालेर प्रयोग गर्नुपर्ने सचिव आचार्यको भनाइ छ।

अध्यक्ष, सचिव, कोषाध्यक्ष र प्रबन्धकको कार्यकक्षमा तालाबन्दी  

राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बागलुङले बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा तालाबन्दी गरेको छ। संस्थालाई व्यक्तिगत स्वार्थको क्रिडास्थल बनाएको, आर्थिक मन्दिर र चरम महँगीले जनताको दिनचर्या जटिल भएको अवस्थामा खानेपानीको न्यूनतम महसुल बढाएको भन्दै संघका अध्यक्ष बुद्ध बोहोराको टोलीले बिहीबार संस्थाका अध्यक्ष, सचिव र प्रबन्धकको कार्यकक्षामा तालाबन्दी गरेको हो। 

युवा संघ बागलुङले संस्थाका समितिले महँगीको मारमा रहेका उपभोक्तालाई थप मार पर्ने गरी न्युनतम महसुल वृद्धि गरेको, पानीको बक्यौता महसुल असुल गर्नुपर्नेमा थप गरेको, फोहोर पानी धारामा पठाएको, अघिल्लो आर्थिक वर्षको व्ययभार चालु आर्थिक वर्षमा ल्याएको र जिम्मेवार व्यक्तिहरूबाट नै मिटर बिना पानीको प्रयोग गर्ने गरेको लगायतका आरोप लगाउँदै तालाबन्दी गरेको हो। संघका अध्यक्ष बोहोराले हस्ताक्षर गरेको ज्ञापनपत्रमा संस्थाका जिम्मेबार पदाधिकारी आफैंले आफ्नो घरको मिटर वर्षौंदेखि झिकेर बिना मिटर पानीको दुरुपयोग गरेको, विभिन्न शीर्षकमा पेस्की लिएर त्यसको गत आर्थिक वर्षभित्र फछ्र्योट नगरी झनै थप्ने काम गरेको जस्ता कामका विरुद्धमा सचेत गराउन तालाबन्दी गर्न बाध्य भएको उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.