स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूलाई भन्यो- अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्नू

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूलाई भन्यो- अतिरिक्त समयमा पनि सेवा सञ्चालन गर्नू
सुन्नुहोस्

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संघीय अस्पताललाई नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले गुणस्तरीय स्वास्थ्य सेवा छिटोछरितो र स्वास्थ्य सेवामा नागरिकको सहज पहुँच अभिवृद्धि गर्न नियमितबाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न आग्रह गरे।

मन्त्रालयले अतिरिक्त समयमा सेवा सञ्चालन गर्न ‘विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७’ कार्यन्वयनमा ल्याएको छ। उनले कार्यविधि अनुसार सेवा यथाशीघ्र सुरु गर्न र सेवा सञ्चालन गरेको जानकारी मन्त्रालयलाई गराउन आग्रह गरे।

अस्पतालले अतिरिक्त समयमा सेवा सञ्चालन गरेबापत चिकित्सक सेवा शुल्क सरकारले तोकेअनुसार र अन्य सेवा शुल्क अस्पतालले नियमित सेवा शुल्कमा बढीमा दुई सय प्रतिशतसम्म लिन पाउने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए।

अस्पतालले सेवाको विवरण तयार पारी सेवाग्राहीले स्पष्ट बुझ्ने गरी देखिने स्थानमा राख्नुपर्ने छ। सेवा सञ्चालन गर्नका लागि अस्पतालका प्रमुख रहेको कार्यक्रम सञ्चालन समिति गठन गर्नुपर्ने कार्यविधिमा उल्लेख छ। अतिरिक्त समयमा सेवा सञ्चालन सामुदायिक र सहकारी अस्पतालमा समेत लागू गर्न सकिने व्यवस्था छ। प्रदेश र स्थानीय तहले पनि आफ्नो मातहतका अस्पतालमा नियमित बाहेक अतिरिक्त समयमा सेवा सञ्चालन गर्न सक्नेछन्। 

कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि २०७७ लाई आवश्यकता अनुसार परिमार्जन गर्ने मन्त्रालय र उपत्यकाका सङ्घीय अस्पतालबीच सहमति भएको प्रवक्ता डा. बुढाथोकीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.