ओलीको पक्षमा दुई तिहाइ निश्चित

ओलीको पक्षमा दुई तिहाइ निश्चित
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदैछन्। विश्वासको मतको लागि कांग्रेस एमाले सरकारले दुई तिहाइ मत प्राप्त गर्ने भएको छ। विद्यमान प्रतिनिधिसभामा रहेको २ सय ७५ मध्ये प्रधानमन्त्रीको पक्षमा दुई तिहाइ मत प्राप्त हुने निश्चित भएको छ।

प्रतिनिधिसभामा नेपाली कांग्रेसको ८८ र एमाले ७९ सिट छ। जसमा एमालेका एक जना सभामुख र एक जना निलम्बित छन्। एमालेको ७७ मत हुन्छ। प्रतिनिधि कांग्रेस र एमालेको १ सय ६५ मत हुन्छ।

२७५ को दुई तिहाइ १८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ। 

त्यस्तै, सरकारमा सहभागी भएको जनता समाजवादी पार्टीको ७ र लोसपाको ४ सिट छ। जसपा र लोसपा गरेर १ सय ७४ हुन्छ। उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन्। जसपा नेपालको ५ र जनमतको ६ सिट छ। यो समेत गर्दा १ सय ८४ मत हुन्छ। २ सय ७५ को दुई तिहाइ १ सय ८४ हुन्छ। ओलीले दुई तिहाइ मत पाउने निश्चित भएको छ। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको विपक्षमा मत हालेको राप्रपाले भने अहिलेसम्म निर्णय गरिसकेको छैन। प्रतिनिधिसभामा राप्रपाको १४ सिट छ। नागरिक उन्मुक्ति पार्टीलगायत साना दल र स्वतन्त्र सांसदको निर्णय पनि आएको छैन। नाउपाको ४, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र नेमकिपाको १/१ सिट छ भने २ स्वतन्त्र सांसद छन्। 

ओली विपक्षमा माओवादी केन्द्र, रास्वपा र नेकपा एस 
नेकपा माओवादी केन्द्रसहित प्रतिपक्षी तीन दलले वर्तमान सरकार संविधानको कमजोर जगमा टेकेर बनेको निष्कर्ष निकालेको छ। तीन दलले अहिलेको अवस्थामा कुनै पनि हालतमा प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निष्कर्ष पनि निकालेको छ।

प्रतिनिधिसभामा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सिट छ।

सिंहदरबारमा शुक्रबार बसेको माओवादीसहित रास्वपा र नेकपा एकीकृत समाजवादीका नेताहरूको बैठकले ठूला दुई दल कांग्रेस र एमालेको सरकार संविधान जगमा टेकेर नबनेको निष्कर्ष निकालेको बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए।

प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि सरकार संविधानको ७६(३) अनुसार नयाँ सरकार गठन हुनुपर्नेमा संविधानको ७६(२) अनुसार गठन भएकाले यो विषयलाई सदनमा सशक्त रूपमा उठाउने सहमति भएको उनले बताए। 

सत्तापक्ष निरंकुश बन्न सक्ने खतरा, सुशासनलगायतको सुधारको कामबाट पछि हट्ने गठबन्धन बनेको भन्दै उनले जनतामा देखिएको आशंकालाई प्रतिपक्षबाट सशक्त खबरदारी गर्ने बताए।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले विश्वासको मतका विषयमा प्रतिपक्षी दल साझा धारणा बनाएर अघि बढने बताए। उनले भइरहेको सरकारलाई ढालेर नयाँ सरकार बनाउने प्रधानमन्त्रीलाई सदनमा विश्वासको मत माग्ने आधार नभएको जिकिर गरे।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी थिए। प्रतिनिधिसभामा माओवादीको ३२, रास्वपाको २१ र नेकपा एसको १० सिट छ। विश्वासको मतको विपक्षमा ६३ मत पर्ने भने निश्चित भएको छ। राष्ट्रिय जनमोर्चाले पनि विपक्षमा मत हाल्न सक्छ भने नेमकिपाले कतै पनि मत नहाल्न सक्छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.