‘इकोली’ मिश्रित पानी पिउँदै रुकुमेली

‘इकोली’ मिश्रित पानी पिउँदै रुकुमेली
सुन्नुहोस्

रुकुमपूर्व :रुकुमपूर्वमा खानेपानीका संरचना कमजोर खालको निर्माणले जिल्लाका खानेपानी लथालिंग अवस्थाका छन्। खानेपानी योजनाको भौतिक संरचना निर्माण गर्दा कमजोर र मापदण्डअनुसारको निर्माण गर्न नसक्दा उपभोक्ता दूषित पानी खान बाध्य छन्। खानेपानीका योजना निर्माण गर्दा उपभोक्ता समिति र ठेकेदारले मापदण्डअनुसारको संरचना निर्माण गर्न नसक्दा हाल उपभोक्ताले दूषित पानी खाँदै आएका छन्। 

मापदण्डविपरीत भौतिक संरचनाको काम गर्ने समिति र ठेकेदारलाई कसैले पनि कारबाही नगरेपछि संरचना कमजोर निर्माण गर्ने गरेका हुन्। जसको कारण खानेपानी योजना छोटो समयमै जीर्ण अवस्थामा पुग्ने र खानेपानीको मूल र वितरण ट्यांकी असुरक्षित भएपछि दूषित पानी खानुपर्ने बाध्यता रहेको भूमे गाउँपालिका–६ का मनजित रोका बताउँछन्। उनले भने, ‘सरकारले खानेपानी योजनाका लागि बजेटको व्यवस्था गरिदिन्छ तर, उक्त बजेटले मापदण्डअनुसारको संरचना निर्माण भयो कि भएनन् भने चेकजाँच नहुँदा खानेपानीका योजना छोटो समयमै लथालिंगको अवस्थामा पुग्ने गरेको छ।’

खानेपानीको भौतिक संरचना निर्माण मापदण्डअनुसारको र मुहानको सुरक्षित ट्यांकी निर्माण हुन नसक्नु, पाइप जडान तथा गाड्नेमा लापरबाही र पानी वितरण ट्यांकीको राम्रोसँग सुरक्षित घेराबार नहुँदा खानेपानी दूषित भएको रोकाको भनाइ छ। 

जिल्लाका अधिकांश स्थानीय बासिन्दाले दिसामा पाइने जीवाणु ‘इकोली’ मिसिएको पानी उपभोग गरिरहेको एक अध्ययनले देखाएको छ। जिल्लामा हाल प्रयोग भइरहेकोमध्ये अधिकांश पानीको स्रोत पिउन अयोग्य रहेको पनि अध्ययनले निष्कर्ष निकालेको छ। 

नमुनाका रूपमा रुकुमपूर्व जिल्लाको भूमे र सिस्ने गाउँपालिकाका ३२ ठाउँको खानेपानी परीक्षणका क्रममा इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी नीमप्रसाद गिरीले बताए। ३२ ठाउँको खानेपानीको मुहान, ट्यांकी, धारामा नमुना परीक्षणका क्रममा २२ ठाउँको पानीमा इकोली पुष्टि भएको गिरीको भनाइ छ।

परीक्षण गरिएकामध्येमा ६५ प्रतिशत ठाउँको पानीमा इकोली भेटिएको हो। हेर्दा सङ्लो देखिए पनि पानी परीक्षणका क्रममा इकोली भेटिएकाले निर्मलीकरण गरेर मात्र पानी उपभोग गर्नु पर्ने स्वास्थ्यकर्मीको भनाइ छ। बलियो र सुरक्षितका साथ मापदण्डअनुसार संरचना निर्माण गरिएको खानेपानीको स्रोतमा भने इकोली भेटिएको छैन। जहाँ भौतिक संरचना लथालिंग र कमजोर अवस्थाको छ त्यहाँका प्रायः खानेपानीमा इकोली भेटिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.