कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता : मन्त्री पाण्डे

कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता : मन्त्री पाण्डे
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले कांग्रेस-एमालेबीचको सहकार्य रहर नभइ बाध्यता भएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले मुलुकको विकृति, विसंगति र निराशालाई अन्त्य गर्नका लागि नयाँ सहमति भएको भन्दै उक्त सहमति रहर नभइ बाध्यता भएको बताए।

मुलुकलाई अघि बढाउन कांग्रेस-एमालेले बनाएको ब्रम्हास्तलाई उपयोगी र निर्णायक बनाउनुपर्ने उनको भनाइ छ। मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रमा विकृतिले जरा गाडेको पाइएको भन्दै त्यसलाई निकास दिने गरी आफू अघि बढ्ने उल्लेख गरे। 

स्वच्छतासहितको काम अहिलेको आवश्यकता भएकाले त्यसमा आफू गम्भीर भएर लाग्ने उनले बताए। उनले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्कने र स्वदेशमा रहेकालाई अवसर दिने गरी वर्तमान सरकारले काम गर्ने जिकिर गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.