चलायमान हुन नसकेको अर्थतन्त्र

चलायमान हुन नसकेको अर्थतन्त्र
सुन्नुहोस्

नवगठित सरकारको मुख्य चुनौती अर्थतन्त्रलाई चलायमान बनाउनु हो । साथै, मुलुकलाई समृद्धिको दिशामा अझै केही कदम अगाडि बढाउनु पनि । आर्थिक शिथिलताले नै मुलुकमा बेरोजगारी बढेको छ, मुलुकप्रति नै युवा विकर्षण र विदेशतिर आकर्षण भएको छ । राज्य स्वयंले राजस्व संकलनमा विफलता पाइरहेको छ । प्रमुख रूपमा यी समस्या समाधान गर्दै राजनीतिक स्थिरता हुन सके पक्कै पनि आशा पलाउँछ, पलायन आर्थिक पुँजीको पनि रोकिन्छ र मानवीय पुँजीको पनि । सरकार स्वयं विकास खर्च गर्न असमर्थ हुँदा हो, अर्थतन्त्र झन् मुर्झाएको छ । कागजी रूपमा खर्च बढाउने प्रयत्न हरेकजसो सरकारले गर्न खोजे पनि धरातलमा त्यसले तात्विक असर गरेन । 

अर्थतन्त्र जोगाउने नाममा आयात कसिलो गर्दा विदेशी मुद्राको सञ्चिति बढेको छ । त्यसको असर भन्सार राजस्वमा परिहाल्यो । रेमिटेन्स प्रवाह र शोधनान्तर बचत अनि विदेशी मुद्राको सञ्चितिले बाह्य अर्थतन्त्र मजबुद राखेको छ तर सूक्ष्म अर्थतन्त्र पनि थिलोथिलो । न सरकारले पैसा खर्च गर्न सक्ने न बैंकहरूमा थुप्रिएको बचतको ऋण प्रवाह हुने ? अनि होस् अर्थतन्त्र चलायमान कसरी ? त्यसमाथि सरकार अर्थतन्त्रका मुद्दा सम्बोधनका लागि कुनै नीति कदम चाल्न असमर्थ नै रह्यो । अरू त अरू निर्माण व्यवसायीसँग पनि सरकार उधारोमा छ । बजारमा पुँजी प्रवाह हुन पाएको छैन । 

हाम्रा सरकारहरूले हरेक वर्ष बजेटको आकार तर बढाए तर खर्च गर्ने सामथ्र्य बढाएनन् । खर्च हुने र खर्च गरिने सकिने शीर्षकमा बजेट विनियोजन नगर्ने तर सस्तो लोकप्रियताका लागि अनेक शीर्षकमा छुट्ट्याउने गर्दा पनि खर्चमा कमजोरी देखिन्छ । त्यसमाथि पुँजीगत खर्च नहुनुमा एउटामात्रै कारण छैन । नियम, कानुनका छिद्र र कमजोरी अनेक छन्, आयोजना निर्माणमा वन र त्यससँग सम्बन्धित ऐनकानुनका काँडा छन् । यस्ता अनेकानेक अल्झन र तगारा विस्तारै पन्छाउँदै जान सक्दामात्रै सरकार खर्च गर्न समर्थ बन्छ । होइन भने खर्च गर्छाैं भन्ने भाषणबाट मात्रै पुँजीगत खर्च हुन सक्दैन, कुराले चिउरा भिज्दैन, सरकारको भनाइले मात्रै पुँजीगत खर्च वृद्धि हुँदैन । अर्थतन्त्र उकासिन्न । व्याप्त र विकराल बन्दै गएको आर्थिक तथा त्यसबाट उत्पन्न सामाजिक समस्या हल हुँदैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.