काभ्रेको धार्मिक स्थलहरू साइकलमै सरर

काभ्रेको धार्मिक स्थलहरू साइकलमै सरर
सुन्नुहोस्

काभ्रे : साइकलको प्रयोग र आपसी सद्भाव र सहकार्य बढाउने उद्देश्यसहित काभ्रेको पनौती, धुलिखेल नमोबुद्ध हुँदै पनौतीसम्म कोरा च्यालेन्ज साइकल यात्रा भएको छ। शनिबार साइकल यात्रीहरूले जिल्लाको महत्वपूर्ण धार्मिक स्थलहरू साइकलमै यात्रा गरे। यात्रामा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका साइकल यात्रीहरू सहभागी थिए। 

धार्मिक पर्यटकीय स्थलहरू साइकलमार्फत घुम्न सकिन्छ भन्ने उद्देश्यले कोरा च्यालेन्ज गरिएको पनौती बाइक स्टेसन प्रमुख बिपिन श्रेष्ठले जानकारी दिए। काभ्रेको धार्मिक पर्यटकीय पनौती नगरबाट सुरु भएर धुलिखेल हुँदै नमोबुद्ध गुम्बासम्म पुगेर साइकल यात्रीहरू पुनः पनौती बजारसम्म पुगेका थिए। 

पनौतीबाट सुरु हुँदै चौकोट, धुलिखेल सरस्वती बजार, धुलिखेल भट्टिडाँड, काभ्रे भन्ज्याङ हुँदै बौद्ध धर्मालम्बीहरूको महत्वपूर्ण रहेको नमोबुद्ध गुम्बामा साइकल यात्रीहरू साइकलमै पुगेका थिए। नमोबुद्धबाट साइकल यात्रीहरू शंखु, बतासे हुँदै पुनः पनौती बजार परिक्रम गर्न पुगेका थिए। पनौती बजारमा पनौती पर्यटन केन्द्रले साइकल यात्रीहरूलाई भव्य स्वागत गरिएको थियो। 

साइकल यात्रीहरूलाई बिभिन्न स्थानहरूमा स्वागतसँगै पानी, चिसो र मोही खुवाएका थिए। धुलिखेल पुगेका साइकल यात्रीहरूलाई धुलिखेल नगरपालिका– ८ को वडाअध्यक्ष विनोद गौतमलगायतको टिमले सबैलाई मोही खुवाएर स्वागत गरिएको थियो। पनौती कोरा साइकल यात्रीहरूले गरिएको दोस्रो कार्यक्रमले हाम्रो नगर चिनाउने काममा जोड् दिएको नगर प्रमुख रामशरण भण्डारीले बताए। साइकलमा युवाहरूको मोह र धार्मिक स्थलहरूको प्रचारमा नगरको साथ रहेको भण्डारीले बताए। 

काभ्रेको मुख्य शहर पनौती, धुलिखेल र नमोबुद्धमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको प्रचुर सम्भावनलाई प्रचार र आन्तरिक पर्यटनमा जोड दिन यस्तो युवाहरूको अभियानले आगामी दिनमा राम्रो पहिचान दिन सक्ने पनौती नगरपालिका–५ का अध्यक्ष विनोद खत्रीले भने। हामीले युवाहरूलाई सिर्जनात्मक कार्यहरूमा जोड दिन एक महिनामा एक दिन मात्र भएपनि साइकलमा यात्रा गरेर धार्मिक स्थलहरू घुम्न सकियो भने राम्रो प्रचार हुने अध्यक्ष खत्रीले बताए। 

साइकलमा काभ्रेको धार्मिक स्थलहरूको यात्रा गर्न काठमाडौंबाट आएका विकास खोवाजुले यात्रामा बिभिन्न पर्यटकीय स्थलसँगै हिमाल रेन्ज र रमाइला धानको फाँटहरू देखेर मनै फुरुङ्ग भएको बताए। पनौती कोरा साइकल टिमलाई स्वागत गर्दै जिल्ला युवा समिति काभ्रेका अध्यक्ष प्रकाश थापाले युवाहरूले साइकलमा लामो यात्रा गरेर तीन नगरको धार्मिक स्थलहरूको प्रचारमा सहयोग पु¥याएकोमा धन्यवाद ब्यक्त गरे। 

साइकल यात्रीहरूले तीन नगरको धार्मिक स्थल साइकल रुट ३३ किलोमिटर पार गरेका थिए। करिब ४ घण्टा साइकलमै यात्रीहरूले यात्रा गरेका हुन्। दोस्रो पनौती कोरा च्यालेन्जको पनौनी नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गिता बन्जाराले स्वागत गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.