बहादुरसिंह लामालाई बागमतीको मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

बहादुरसिंह लामालाई बागमतीको मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

मकवानपुर : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा बहादुर सिं लामाको नाम निर्णय गरेको छ । आइतबार बिहान हेटौंडामा बसेको बैठकले मुख्यमन्त्रीमा लामालाई पठाउने सर्वसम्मत निर्णय गरेको हो । 

लामा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता हुन् । बागमतीमा कांग्रेसका ३७ सांसद् छन् । आज मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।  

त्यस्तै कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको विश्वासको मतको विपक्षमा मतदान गर्ने समेत निर्णय गरेको छ । एमालेले पनि मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्ने गरेको छ।

मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकारले विश्वासको मत नपाउने निश्चित देखिएको छ । कांग्रेसका लामाले एमालेको समर्थनमा आजै मुख्यमन्त्रीको दावी पेस गर्ने तयारी गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.