प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्छौं : लामिछाने

प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्छौं : लामिछाने
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षमा बसेर गुण र दोषका आधारमा सरकारको मूल्याङ्कन गर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको छलफलका क्रममा लामिछानले प्रधानमन्त्रीको राजनीतिक योगदान, राजनीतिक त्याग र बलिदानप्रति सम्मान रहेको बताए।

उनले जनतालाई निराशातर्फ ढकेल्ने काम नगर्न सुझाव दिए। लामिछानेले  उनले नेपालमा पटक पटक सत्ता समिकरण परिवर्तनको खेल भइरहेको भन्दै अहिले नै गाली गर्ने वा गाला मुछार्ने काम नगर्न प्रधानमन्त्रीलाई सुझाव दिए।

उनले मुलुकलाई निकास दिनकालागि कांग्रेस–एमालेको गठबन्धन अन्तिम विकल्प भनिरहदा यो पनि असफल भए समाजमा के सन्देश जान्छ भन्ने हेक्का राख्न पनि आग्रह गरे। ठूला दलहरु मिल्दा सत्तापक्षको आवाज ठूलो हुने भएपनि आफूहरु विचारका आधारमा सक्षम प्रतिपक्षी बन्नका लागि तयार भएर बसेको उनको भनाइ छ । 

नयाँ सरकारको प्रारम्भिक कदमले आफूहरुलाई झस्काएको बताए। उनले सरकार सुरु हुने वित्तिकै अनुसन्धान गरिरहेको बिषयलाई प्रभाव पर्ने काम गरेको भन्दै यसले आफुहरुलाई झस्काएको बताए।

उनले मन्त्रिपरिषद् गठन गर्दा पनि विभिन्न प्रकरणमा नाम मुछिएकाहरुलाई पुरस्कार दिने काम भएको तर्क गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.