ऐतिहासिक जाजरकोट दरबार ढल्ने अवस्थामा पुगेपछि त्रिपालको ओत

ऐतिहासिक जाजरकोट दरबार ढल्ने अवस्थामा पुगेपछि त्रिपालको ओत
सुन्नुहोस्

जाजरकोट : भूकम्पले थिलोथिलो बनाएको जाजरकोट दरबारलाई जोगाउन त्रिपालले ढाकिएको छ। अत्यधिक वर्षका कार‍ण दरबार चुहिएर भत्किने अवस्थामा पुगेपछि यसलाई जोगाउन त्रिपालको ओत लगाएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। 

दुई सय २८ वर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कात्तिक १७ गते गएको भूकम्पले निकै क्षति पुर्‍याएको छ। भूकम्प गएको नौ महिना बितिसक्दा पनि पुनर्निर्माण हुन नसकेपछि भग्नावशेषका रूपमा रहेको दरबारलाई तत्काल ढल्न नदिन त्रिपालले ढाकिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए। 

डिभिजन वन कार्यालयको सहयोग र समन्वयमा अत्यन्त जोखिमका बाबजुद पनि मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाक्ने काम गरिएको प्रजिअ अधिकारीको भनाइ छ। यो दरबारमा हाल सरकारको स्वामित्वमा छ। भूकम्प अघि यस दरबारमा जिल्ला प्रशासन कार्यालय बस्दै आएको थियो। 

ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसके पनि बस्न मिल्ने अवस्था छैन। भित्रभित्रै पुरै मक्किएको छ। १९९० सालको भूकम्पले भत्किएको यो दरबार पुनर्निर्माण गरी सात तलाबाट चार तलामा झारिएको थियो। २०५० सालको भूकम्पले पुनः क्षति पुर्‍याएपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो। तर यसपटकको भूकम्पले पुनः दरबारलाई नराम्ररी क्षति पुर्‍याएको छ। पुनर्निर्माणको आवश्यकता छ।

यसलाई  नेपाल सरकारले  केही वर्ष अघि मुलुकका सय वटा पर्यटकीय गन्तव्यको सूचीमा पनि राखेको छ। यसको निर्माण १८५२ सालमा  तत्कालीन जाजरकोटे राजा इन्द्रनारायण शाहका पालामा  निर्माण  भएको थियो। यसको पुनर्निर्माणका  लागि १९९० साल पछि भक्तपुरका नेवार  उति वेलाका इन्जिनियर नाक्चेलाइ ल्याएर यसको  पुनर्निर्माण गरिएको  थियो। यसमा  प्रयोग भएको झ्यालको कला र स्वरूप हेर्दा सुरुकै स्वरूपमा निर्माण भएको देखिन्छ। यो दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्वपूर्ण छ। 

यो जाजरकोटको मात्र नभएर पुरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो। यसलाई बलियो ढंगले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनु पर्ने जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीले बताए। 

यसको मौलिकता, ऐतिहासिकता र पुरातात्त्विक महत्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नु पर्छ। जाजरकोट दरबारलाई  संग्राहलयका रूपमा विकास गर्ने अभियान  जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको छ यसमा  सबै क्षेत्रको साथ र सहयोगको आवश्यकता छ अध्यक्ष केसीले भने ‘ऐतिहासिक सम्पदा हाम्रा सम्पति हुन्।’

जाजरकोट दरबार जस्तै दर्जनौ सरकारी कार्यालय, विद्यालय, मठमन्दिर, निजी आवास लगायतका भौतिक संरचना पानी चुहिएर थप जोखिममा परेका छन्। चर्चिएका भवनमा पानी चुहिँदा जतिबेला पनि ढल्न सक्ने र थप जोखिम निम्तिन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन र सर्तकता अपनाउन आग्रह गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.