लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, नयाँ सरकार गठनको गृहकार्यमा एमाले-कांग्रेस

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा, नयाँ सरकार गठनको गृहकार्यमा एमाले-कांग्रेस
सुन्नुहोस्

दाङ : केन्द्रमा सत्ता सकिकरण फेरिएपछि लुम्बिनी प्रदेश सरकार नयाँ बन्ने चरणमा पुगेको छ। वर्तमान मुख्यमन्त्री जोगबहादुर महराले राजीनामा दिएपछि प्रदेश सभाका दुई ठुला दल नेकपा एमाले र नेपाली कांग्रेस नयाँ सरकार गठनको लागी गृहकार्यमा जुटेका हुन्।

प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री जोखबहादुर महराले राजीनामा दिएपछि लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको हो।

तीन महिना अघि नेकपा एमालेसहित राजनीतिक दलको समर्थनमा नेकपा माओवादी केन्द्रका दल नेता महरा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। अहिले साझेदार दलले समर्थन फिर्ता लिएपछि महराले पदबाट राजीनामा दिएका हुन्। लुम्बिनी प्रदेशमा दुई ठूला दल एमाले र कांग्रेसले नयाँ सरकार बनाउनेछन्। प्रदेश प्रमुखले नयाँ सरकार गठनको लागी आह्वान गर्ने र बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गर्ने तयारीमा दलहरु जुटेका छन्। 

कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको छ। 

सरकारमा सहभागी हुने र नयाँ मन्त्रिपरिषद् बनाउने बारेमा दलहरुको बीचमा छलफल अघि बढेको छ। मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरुको सपथ एकै चरणमा गर्ने गरी तयारी थालेको कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकार दिए।

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन्। अब बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी रहेको छ।

कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको छ। राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लिला गिरीले बताए।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन्। सरकार बनाउन ४४ जना सांसद भए पुग्छ। नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पुर्‍याउन सहज छ। प्रदेश गठन भएदेखि सधैं सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलो पटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ। सरकारले गर्ने कामको आधारमा सदनमा प्रमुख प्रतिपक्ष रुपमा भूमिका निर्वाह गर्ने प्रमुख सचेतक ईन्द्रजीत थारुले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.